स्वाभिमान र हेल्पिंग हेन्ड्सद्वारा विपी कोईराला इण्डो-नेपाल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्वाभिमान र हेल्पिंग हेन्ड्सद्वारा विपी कोईराला इण्डो-नेपाल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न



हिमाल पोस्ट/नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीमा रहेका  हाम्रो स्वाभिमान  र यूनिभर्सल हेल्पिंग हेन्ड्सको संयुक्त आयोजनामा  चौथो विपी कोइराला इन्डो-नेपाल ब्याडमिन्टन प्रतियोगिता आईतबार सम्पन्न भएको छ । त्यागराज स्टेडियम आईएनएमा कलोनीमा  आइतबार सम्पन्न भएको हो ।

१६वर्ष भन्दा मुनिको खेलमा   खुसी र अभिषी ठाकुर प्रथम भएका छन् भने १६ माथिको खेलमा  अन्जु मल्ल र हर्षलता पीटरले प्रथम स्थान हासिल गरेका हुन्  । त्यस्तै पुरुष तर्फ १६वर्ष भन्दा मुनिको खेलमा रुदनाश नेगी र शिवांश नेगीले बाजी मार्न सफल भएका छन् भने पुरुष १६ माथि   कनैया कुमार र सुसान्त मालबाल प्रथम भएका हुन् ।

यसै गरी पुरुष तर्फ ३० वर्ष भन्दा माथि   प्रदीप बचेती र विरेंदर सिंह र  पुरुष ४०वर्ष भन्दा माथि   नरेश कुमार बर्मा र मोहित कपूरले आफ्नो उत्कृष्ट खेलको प्रर्दसन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन्  ।

हाम्रो स्वाभिमान  विगत लामो समयदेखि भारतको  प्रवासमा नेपाली संस्कृतिको प्रवर्द्धन गर्नुको साथै  प्र्वासमा  नेपाली प्रति  आई पर्ने समस्याको समाधानमा  अग्रसर देखिन्छ ।  स्वाभिमानले बिगतका दिनमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रम नारायण श्रेष्ठको अध्यक्षयता, महासचिव प्रेम छेत्री र उप-महासचिव मोहन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रथम, द्वितिय र तृतिय हुने विजेता खेलाडीहरुलाई आर्कषक ट्रफी र प्रशंसा पत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रममा  भारतमा रहेका विभिन्न सङ्घ संस्थाका  प्रतिनिधि र भारतमा रहेको नेपाली दूतावासका प्रतिनिधिहरुको उपस्थिति देखिन्थ्यो ।