दीपक बोहोराले गृहमन्त्री खाँणको 'गेम ओभर' गर्ने संकेत - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दीपक बोहोराले गृहमन्त्री खाँणको ‘गेम ओभर’ गर्ने संकेत



काठमाडौं- रुपन्देही–३ मा ७७ हजार १९९ मतगणना सम्पन्न हुँदा गृहमन्त्री खाँण १ हजार ७३ मतले पछि परेका छन् ।

गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहोराले अग्रता कायम गरेका हुन् ।

बोहोराको २९ हजार ७१ मत हुँदा कांग्रेस उमेदवार खाँण २७ हजार ९५८ मतसहित पछ्याउँदै छन् । यो क्षेत्रमा अब १५ हजार ५३० मत गन्न बाँकी छ ।