हनीप्रीत पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

हनीप्रीत पक्राउ



असोज १७ ।

भारतका बलात्कार गुरमीत राम रहीमकी सबैभन्दा नजिककी सहयोग भनिएकी हनीप्रीतलाई अदालतमा आत्मसर्मपण गर्नुभन्दा पहिले हिरयाणाबाट भारतीय प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

उनलाई प्रहरीले गएको ३८ दिनेदेखि खोजी गरिरहेको थियो । तर आजसम्म सफल हुन सकिरहेको थिएन ।

हनीप्रीत मंगलबार अचानक टेलिभिजन र सामाजिक सञ्जालमा छाएकी थिइन । प्रहरीको मोष्टवानटेड सूचीमा रहेकी उनीले सञ्चारमाध्यममा आफू र आफ्ना गुरू राम रहीम निर्दोष रहेको दावी गरेकी थिइन । उनले आफूलाई कानूनप्रति पूर्ण विश्वास रहेकाले आफू र पिता(राम रहीम) लाई न्याय मिल्ने दावी गरिन ।

उनी र राम रहीमबीच अबैध सम्बन्धका विषयमा गरिएको सबै हल्लाहरु निराधार रहेको उनले दावी गरिन । र भनेकी छन, ‘हाम्रो सम्बन्ध बाबु–छोरीको जस्तो छ ।’