हङकङमा पृथ्वी जयन्ती तथा एकता दिवस सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हङकङमा पृथ्वी जयन्ती तथा एकता दिवस सम्पन्न



हिमाल पोस्ट /हङकङ माघ ४ 

सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन उठेका मागप्रति उदासीनता देखाए पनि राष्ट्रिय जीवन र समाजका विभिन्न समूह तथा व्यक्तिहरूले नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको दुई सय ९५औं जन्मजयन्तीका अवसरमा उनीप्रति कृतज्ञता र भावपूर्ण श्रद्धाञ्जलि हङकङमा  अर्पण गरेका छन् । आइतबार १५ जनवरी हङकङ प्रबासी नेपाली एकता समाज हंगकंगले कंगन रेस्टुरेंट जोर्डन मा पृथ्वी जयन्ती एवं एकता दिवस मनाएको थियो राष्ट्रिय गान र फोटोमा पुष्प गुच्छा बाट शुरु गरिएको उक्त कार्यक्रम इश्वर बिक्रम शाहको सभापतिमा सस्था स्थापनार्थ पहिलो कार्यक्रम रहेको थियो ।

प्रवासी नेपाली एकता समाज राप्रपा नेपालको भातृ सगठन को रुपमा २०१६ मा मात्र स्थापना भएको हो । उक्त कार्यक्रमको प्रमुख अथिती हङकङ स्थित नेपाली महाबाणिज्य दुत कमल प्रसाद भट्टराई रहनु भएको थियो  । विभिन्न राजनैतिक दलका प्रवाश स्थित भातृ सगठन विभिन्न समाजिक संधसंस्थाहरुको ब्यापक उपस्थित रहेको थियो ।

पृथ्वीनारायण शाहको योगदान वारे नेपाली जन सम्पर्क समिति हङकङका सभापती जगत शाह ,चेम्बर अफ कमर्सका अध्यक्ष दासुराम पराजुली हङकङ नेपाल ब्यापार संधका अध्यक्ष प्रकाश पुन, एन आर एन हङकङका अध्यक्ष ललित सुब्बा , झापा सम्पर्क मन्च हङकङका अध्यक्ष छत्र सुब्बा ज्युले प्रकाश पार्नु भएको थियो । सबै बक्ताहरुले त्यो समयमा हामिलाइ यदि यसरी नेपाल एकीकरण नगरी दिएको भए हामी एसरी नेपाली भन्न कहाँ पाउथ्यौ र देशले बिदेशी पाहुना आउदा सार्वजनिक बिदा दिन हुने तर रास्ट्र निर्माता लाई बिर्सने काम गर्यो भनेर रोस प्रकट गरेका थिए ।

प्रमुख अतिथि महाबाणिज्री दुत कमल प्रसाद भट्टराईले हामी जहाँ रहे पनि नेपाली भनेर चिनिनु पाउँदा हामी लाई गर्व छ यसरिनै हामीलाइ वहाले जुन एकताको सुत्रमा बाधेर जानू भयो यसरी नै हामी एकता भइ साथ साथ अघि बढ्यौ भने र एकता नै बल हो र हाम्रो रास्ट्र समृद्ध बन्न सक्छ भन्नुभएको थियो । कार्यक्रमको अन्तिममा अध्यक्ष इस्वर बिक्रम शाह ज्युले सबैलाइ धन्यवाद दिन्दै हाम्रो एकता मानै सबैको जित छ हामी फुट्यौ भने हाम्रो अस्थित्व नै रहन्दैन समृद्ध रास्ट्र बनाउन वहाको दिब्य उपदेश लाई मध्य नजर गरि हामी एक भएर अगाडि बढनु नै आजको अपहार्यता हो भन्दै कार्यक्रम बिषर्जन गर्दै सहभागी सबैलाइ भोजन समेतको ब्यवस्थापन गरिएको थियो ।

नरेस कार्कीबाट