हन्ता भाइरसका लक्षण पनि कोरोनासंग मिल्दाजुल्दा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हन्ता भाइरसका लक्षण पनि कोरोनासंग मिल्दाजुल्दा



एजेन्सी- चीनमा देखिएको हन्ता भाइरसका लक्षण पनि कोरोना भाइरसका लक्षणसंग मिल्दाजुल्दा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

कोरोना जत्तिको हानिकारक नरहेको यो भाइरसको संक्रमण मुसाको माध्यमबाट हुने बताइएको छ । हाल यो भाइरसको कारणले चीनको युनान प्रान्तमा एकजनाको मृृत्यु भईसकेको छ ।

यो भाइरस फैलिनुको पछाडी विभिन्न अनुमानहरु लगाउन थालिएको छ । हाल ट्रेण्डमा रहेको कोरोना भाइरसलाई लिएर उक्त भाइरस साप वा चमेराको मासु खाएको कारणले फैलिएको कुराहरु आएका थिए ।

नयाँ हन्ता भाइरसमाथि पनि यस्तै अनुमानहरु लगाइएको छ अहिले । तर अनुसन्धानले यसलाई गलत ठहर गर्दै यो साप र चमेराबाट नभएर मुसाबाट फैलिने बताएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको अनुसार मुसाको मलमूत्र वा र्‍याल छोएर आफ्नो अनुहार छुँदा यो संक्रमण फैलिन्छ ।

तर यो हान्टा भाइरस कोरोना भाइरस जसरी व्यक्तिबाट व्यक्तिमा सर्दैन । यो रोगको संक्रमण पत्ता लाग्न कोरोना भन्दा धेरै समय लाग्छ । यसका लागि आठ हप्ताको समय लाग्छ ।

यसको लक्षण पनि कोरोना भाइरसको जस्तै छ । ज्वरो आउनु, रुघा लाग्नु, शरीर दुख्नु र भमिट हुनु यसका लक्षणहरु हुन् । यसअलावा हान्ता भाइरको संक्रमितलाई स्वास फेर्न पनि समस्या हुन्छ । यो संक्रमणबाट अवस्था खराब हुँदा विमारीको फोक्सोमा पानी जम्ने हुनसक्छ ।

यो पनि कोरोना भाइरसजस्तो कुनै नयाँ भाइरस होइन । यो पनि २० औं शताब्दीमा देखा परेको हो । १९९३ मा जब अमेरिकाले यस रोगको संक्रमितमाथि निगरानी राख्न सुरु गर्‍यो तब त्यसअवधि देखि २०१७ सम्म यो भाइरसको ७२८ मामिलाहरु सामुन्ने आईसकेको छ । यो तथ्यांक सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको हो ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको भनाईको अनुसार यो भाइरसको मृत्युदर ३८ प्रतिशत रहेको छ । कोरोनाको जस्तै यो विमारको पनि कुनै खास उपचार छैन ।

यसबाट बच्ने एउटै उपाय भनेको मुसाको मलमूत्र र र्‍यालबाट बच्नु हो । यसअलावा सेनिटाइजर वा साबुनपानीले हात धुनुहोस् ।