हरिबहादुर: हरिवंशको छायाँ आत्मकथा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हरिबहादुर: हरिवंशको छायाँ आत्मकथा



कलाकार हरिवंश आचार्यको दोस्रो कृति हरिबहादुर भोली अर्थात शनिवार सार्वजनिक हुँदैछ । आचार्यको पहिलो कृति आत्मकथा चिना हराएको मान्छे बिक्रीका हिसावले सबैभन्दा धेरै बिक्री भएको पुस्तकाका रुपमा रहेपछि पाठकको उनिमाथी थपिएको पाठकको दाहित्व र साहित्यकारहरुको दोस्रो कृति प्रकाशनका लागि सुझाव र दवावका कारण उनको उपन्यास हरिबहादुर बजारमा आउने भएको हो ।

भोलि दिउँसो ३ बजे नेपाल प्रज्ञा पतिष्ठानमा सार्वजनिक हुने हरिवंश आचार्यको उपन्यास हरिबहादुरका बारेमा साहित्यकार रबिन्द्र समिरले आफ्नो फेस बुक पेजमा लेखेका छन्

‘मैले नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका धेरै पुस्तक पढ्दा हरिबहादुर जस्तो पात्र अहिलेसम्म कतै पढेको छैन । जीवनभर जालझेल, तिकडम, बेइमानी तथा परपीडक ब्यबहार गरेपनि हरिबहादुर कहिल्यै खुसी हुन सकेन, कहिल्यै सम्पन्न हुन सकेन, कहिल्यै सफल हुन सकेन ।

यस्तो पात्रको बाल्यकाल कस्तो थियो रु के कारण उ नकारात्मक पात्र बन्यो रु उसको जवानी कसरि बित्यो रु आदि एक्लै हँसाउने प्रसंगले भरिएको छ, आधा उपन्यास । बाँकी उपन्यास द्वन्दकालदेखि अहिलेसम्म जनताले भोग्नु परेको पीडा,अकर्मन्य नेतृत्वको कारण देखा परेको विभाजित मनस्थिति तथा त्यो स्पेसमा हरिबहादुरले गरेका कर्तुतको जीवन्त प्रस्तुति छ ।

यो उपन्यासभर हरिबहादुर एउटा पात्रसंग मात्र समर्पित छ, त्यो पात्रसँग कहिल्यै धोकाधडी गरेन, सधै प्रेम गरिरह्यो …… पुस्तक पढेपछि यहाँहरुले आफै बुझ्नुहुनेछ ।’

नेपाली कलाकारिताको हाँस्य बिधामा सर्वाधिक सफल कलाकार हुन् हरिवंश आचार्य । बिं सं २०१४ साल कात्तीक २७ गते काठमाडौंको गौरिधारामा पिता होमाञ्जय आचार्य र माता गणेशकुमारी आचार्यको कान्छो सन्तानको रुपमा जन्मेका हरिवंश आचार्य यस्ता कलाकार हुन् जो कलाकारिताको हाँस्य बिधामा फरक- फरक अभिनय र चरित्रमा उत्तीकै शशक्त रुपमा प्रस्तुत हुन सक्ने क्षमता राख्छन् ।

१३ बर्षकी उनकी आमाको बिबाह ५३ बर्षका पितासंग भएको २० बर्षपछि अर्थात पिता ७३ बर्षका भएपछि जन्मेका हरिवंशको जीवनकथा आफैंमा एउटा चलचित्र जस्तो छ । छोरा नहुँदा स्वर्गको ढोका खुल्दैन भन्ने मान्यता भएको त्यतिबेलाको समाजले उनका पिता होमाञ्जयलाई हरिवंश पुराण लगाएपछि छोरा जन्मन्छ भनेर अर्ति दिएपछि घरमा हरिवंश पुराण लगाईयो, नभन्दै पुराणको प्रभाव परेझैं घरमा छोरा नै जन्मीयो र उनको नाम नै हरिवंश राखियो । रहरमा जन्मेको छोरा भएर ठुलो पण्डित बनाउने रहरमा उनका पिताले उनलाई संस्कृत पढ्न ४ बर्षको उमेरमा दरवार स्कुलमा भर्ना गरिदिए । ति छोरा अर्थात हरिवंश आचार्य ७ बर्ष लाग्दा नलाग्दै उनका पिताले संसार छोडे । बाबु बितेको ४ बर्ष पछि आमा पनि कलिला हरिवंशलाई छोडेर संसारबाट बिदा भईन् । सानो भाई हुर्काउनु पर्ने जिम्मा उनि माथीका दिदीहरुमा आईपर्यो जसले आमा बाबु दुबै बनेर हरिवंशलाई हुर्काए ।

कक्षा ६ बाट पद्मोदय स्कुल पढेका उनले स्कुलको शुल्क बुझाउन नसकेका तिता अनुभुती देखी साथीभाई संगका उट्पट्याङ्ग हर्कत उनले आज निभाउने धेरै थरी चरित्र र कथा भन्दा अझ बढि पृथक लाग्छ । २०३२ सालमा पहिलो चोटी एसएलसी दिएका उनी पटक-पटक फेल हुँदा २०३५ सालमा पास भए त्यो पनि थर्ड डिभिजनमा ।

एसएलसी पछि उनि १ सय ७५ रुपयाँ मासिक तलवमा रत्न राज्य स्कुलमा अकाउण्टेन पदका जागिरे भए । अफिस सकेर उनि हरेक दिन जसो भैरव नृत्य दलमा पुग्थे त्यहि थियो उनि भित्रको कलाकारिताको भोकको संकेत । त्यहाँ गरेको सानो अभिनय पछि थपिएको आँटले उनलाई नाचघर सम्म पुर्यायो र पारिश्रमिक पाउने कलाकार समेत बने उनि । उसो त उनले आफ्नो स्कुले जीवनमा नै एउटा सानो अभिनय भर्ने मौका पाएका थिए, त्यो थियो कुकुरको आवाज निकाल्ने काम । जुन कुरा उनले आफ्नो आत्मकथा चिना हराएको मान्छेमा पनि लेखेका छन् ।

अर्का हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसंग जोडी जमेपछि महजोडीका रुपमा बिभिन्न नाटकहरु र टेलिचलचित्रहरु आउन थालेपछि उनको चर्चा थप उचाईमा पुग्दै गयो । जिवनमा सुख भन्दा दुख बढि देखेका हरिवंशले २०४० सालमा बिबाह गरे । जीवनको अर्को अध्याय सुरु भएको थियो जुन उनको खुसी बोकेर आएको थियो । छोराहरु त्रिलोक र मोहित जन्मिएपछि एउटा सानो र सुखी परिवार बनेको थियो उनको जहाँ उनि जीवनका दुखहरु बिर्षेर सुखको सास फेर्दथे । तर भगवानले उनको मन र जीवनमाथी अर्को पहाड खसायो दुखको, २०६८ साल बैसाखमा उनकी पत्नी मिरा आचार्यको ह्रदयघातका कारण निधन भयो । अरुलाई पेट मिचिमिच हँसाउने हरिवंशको जीवन दुख र आँसुमै बित्यो । समयले दिलाएको छोटो समयको खुसीलाई दैवले लुटेपछि उनि असाध्यै बिछिप्द भए। श्रीमतीको निधन अकल्पनिय थियो उनि सार्वजनिक कार्यक्रममा समेत श्रीमतीको यादमा आँसु बगाउँथे ।

मिरा आचार्यलाई केहि गरि भुल्न नसक्ने भएपछि उनलाई साथीभाईले सल्लाह थिए दोस्रो बिबाहको लागि । सुरुमा उनले यो कुरा नमानेपनि पनि कुनै बहाना चाहिन्छ मन बुझाउन र बाँकी जीवनको सहजताका लागि भनेर रमिला पाठकसंग दोस्रो बिबाह गरे । यसरी समयको गरुगों पाग्रांमा घरि थिचिंदै, घरि च्यापिदैं र घरि दरखरिंदै उनि जीवन नामको एउटा अर्थसंग पौठेजोरी खेलिरहे ।

कलाकारिता मात्र नभएर उनको गायनलाई पनि स्रोता दर्शकले खुव रुचाए, हाम्री आमा साह्रै नै बाठि छन्, चन्चले चन्चले, सारगीं रेटौंला, साझा बसमा लगायतका उनका गीत असाध्यै लोकप्रिय बने ।

थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका हरिबंश यस्ता कलाकार हुन् जसका अभिनय चित्त बुझेन भन्ने ब्यक्ती सायदै कोहि भेटिदैन । लालपुर्जा, रात, भकुण्डे भूत, पन्द्र गते देखी महजोडीे अभिनित सामाजिक बिकृति र यथार्थमाथी बनेका, दशैं, तर्सिङ्ग होम, जलपरि, हरिबहादुर मदनबहादुर, सुरबेसुर आमा, लगायतका दर्जनौं टेलिचलत्रित्र छन् भने । अभिनयको सुरुवाती दिनमा हरिवंशको अभिनय रहेको, बाँसुदेव, लोभिपापी, राजमति, बलिदान चलचित्र देखी उनकै नाममा बनेको तँ त साह्रै बिग्रीस नि बद्री लगायतका चलचित्र अध्याधीक सफल रहे ।

बिभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका हरिवंश आचार्य कलाकार, गायक हुँदै लेखकका रुपमा आईपुगे । उनको आत्म बृतान्त चिना हराएको मान्छे प्रकाशित भएपछि हरिवंशको लुकेको जीवनकथा बाहिर आयो । नेपाली साहित्यमा अहिले सम्मकै सर्वाधिक बिक्री भएको पुस्तक चिना हराएको मान्छेको सफलताले उनिमा लेखनको हौसला थपियो साथै उनले कमाएका पाठक प्रतिको दाहित्व र बिभिन्न साहित्यकारहरुले दोस्रो पुस्तककका लागि कर गर्न थालेपछि उनले दोस्रो कृतिका रुपमा उपन्यास हरिबहादुर लिएर आएका हुन् ।