हरिबंश भन्छन्- माफ गर्नुहोला, कसैको लागि भोट माग्न सक्दिन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हरिबंश भन्छन्- माफ गर्नुहोला, कसैको लागि भोट माग्न सक्दिन



काठमाडौं । कलाकार हरिबंश आचार्याले कसैको प्रचारक बनेर भोट नमाग्ने स्पष्ट पारेका छन् । मित्रता र आत्मिय सम्बन्ध भएका व्यक्तिलाई पनि भोट माग्न नसक्ने स्पष्ट पार्दै आफ्नो वाद्यतालाई बुझिदिन पनि उनले आग्रह गरेका छन् ।

बिर्सनै नसकिने गुन लगाएकाहरूलाई पनि आफूले भोट नमाग्ने उनको भनाइ छ ।

“कतिसँग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गासिएको हुन्छ । देशमा जब निर्वाचन नजिकिन्छ । त्यसबखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गाँसिएका ब्यक्तिहरू निर्वाचनमा उमेदवार बन्दछन्,” हरिबंश सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “त्यसबखत मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर आशा राख्नु स्वभाविक हो । तर, हामी सबै राजनीतिक दल, सबै उमेदवारका साझा मानिस हौँ । ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिह्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।”