यस्तो छ हर्क साम्पाङले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेललाई पठाएको पत्र - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यस्तो छ हर्क साम्पाङले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेललाई पठाएको पत्र



काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए ।

धरान उपमहानगरपालिकालाई पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा उच्चपदस्थ अधिकारीहरूले पनि साथ दिनुपर्नेमा उनको जोड छ ।