'हि इज नेपाली' सर्वोच्चभन्दा जनताको अदालत ठूलो हो - हर्क साम्पाङ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

‘हि इज नेपाली’ सर्वोच्चभन्दा जनताको अदालत ठूलो हो – हर्क साम्पाङ



काठमाडौं- धरानका मेयर हर्क साम्पाङले सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा गरेको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

अदालतको फैसला आएसँग लामिछानेबारे चर्चा भैरहेको बेला हर्क साम्पाङले फेसबुकमा स्टाटस लेख्दै जनताको अदालतले गरेको फैसलालाई सत्य मान्नुपर्ने बताएका हुन् ।

‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन,’ उनले लेखेका छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’