हातेमालोको एघारौँ वार्षिक साधारण सभा एवम् सांस्कृतिक साँझ सम्पन्न ,अध्यक्षमा यादव - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हातेमालोको एघारौँ वार्षिक साधारण सभा एवम् सांस्कृतिक साँझ सम्पन्न ,अध्यक्षमा यादव



नया दिल्ली : भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूको सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले आफ्नो एघारौँ वार्षिक साधारण सभा र सांस्कृतिक साँझ आइतबार सम्पन्न गरेको छ ।

लक्ष्मीनगर स्थित टपर्स इन्स्टिच्युट भवनमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाको १० औँ कार्यकालको अध्यक्ष सरोज सुबेदीले गरेका थिए।कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारत स्थित नेपाल राजदुतावासका प्रतिनिधि तीर्थ राज पौडेल थिए भने विशेष अतिथिका रूपमा काउन्सिल मेम्बर अफ ICAI का हंस राज चूग , अतिथिका रूपमा NIRC ऑफ़ ICAI का पूर्व अध्यक्ष सिए राज चावला, आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सामाजिक सङ्घ-संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

समाहरोमा कोषाध्यक्ष सुलभ लम्सालले वार्षिक वित्तीय रिपोर्ट प्रस्तुत गरे भने सह-सचिव सरफराज हुसेनले वार्षिक सङ्गठनात्मक रिपोर्ट प्रस्तुत गरेका थिए। कार्यक्रमको मुख्य एजेन्डा संस्थाको एघारौं कार्यकालको लागि नयाँ कार्यकारी समितिको गठन रहेको थियो। जसमा स्वरूप ढुङ्गाना, समृद्धि ढकाल, र सूर्य हमाल निर्वाचन समितिका सदस्य रहेका थिए। निर्वाचन समितिले राखेका मापदण्ड बमोजिम आएका नॉमिनेशनहरुलाई संस्थाको विधान अनुसारको प्रक्रिया पूरा गर्दै एघारौँ कार्यकालको लगी १५ सदस्यको कार्यकारी समितिको गठन भएको छ ।

११ औ कार्यकारी समितिको अध्यक्षका रूपमा १० औँ कार्यकाल कार्य समिति सचिव रहेका रोशन कुमार यादव निर्वाचित भएका छन् भने उपाध्यक्षमा सुनिल श्रेष्ठ,सचिवमा आरक्षण रिजाल ,सह-सचिवमा सुनिधि केसी र कोषाध्यक्षमा रोशन बस्नेत निरबिरोध रूपमा निर्वाचित भएका छन्।कार्य समिति सदस्यहरूमा समीर अघिकारी,सुरेश बम,सिद्धार्थ केसी, साजिर हुसेन,विपुल चौलागाँई, अमिसा पौडेल शिशिर भुसाल, ललित घोश, लक्ष्मण पन्जियार,अञ्जन कुमार शाही निर्वाचित भएका छन्। यस्तै पब्लिक रिलेशन टिममा यस वर्षको लागि निम्न प्रतिनिधिहरू छनौट भएका छन्।

कार्यक्रममा नव-निर्वाचित अध्यक्ष रोशन कुमार यादव विगतका वर्षहरू झैँ यो वर्ष पनि आफ्नो कार्यकालमा हातेमालोलाई विद्यार्थीहरूको चौतर्फी विकास कार्यहरूमा आफू सहित का कार्यकारी समिति सदैव तत्पर रहने बताए । उपस्थित अतिथिहरूलाई नि-वर्तमान अध्यक्ष सरोज सुबेदी, नि-वर्तमान उपाध्यक्ष ध्रुव प्रसाद देवकोटा, नि-वर्तमान सह-सचिव सरफराज हुसेन नि-वर्तमान कोषाध्यक्ष सुलभ लम्साल, वर्तमान अध्यक्ष रोशन कुमार यादव र वर्तमान उपाध्यक्ष सुनिल श्रेष्ठद्वारा मायाको चिनो प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा हातेमालोको आजीवन सदस्यहरूलाई प्रमाण पत्र समेत दिइएको थियो।

औपचारिक कार्यक्रम पश्चात् भएको सांस्कृतिक साँझमा नेपाली कला, संस्कृति झल्किने विभिन्न नृत्य,गायन हरू भएका थिए। कार्यक्रममा कविता,गजल र हास्य व्यङ्ग्य प्रस्तुतिहरू राखिएको थियो ।संस्थाका अन्य हातेमालोका शुभचिन्तकले नेपालबाटै पनि नवनिर्वाचित टिमलाई शुभकामना सन्देश पठाएका थिए ।औपचारिक कार्यक्रम सिद्धार्थ केसी र नीर्जा बहेतीले गरेका थिए भने सांस्कृतिक साँझकि उद्घोषिका समृद्धि ढकाल रहेकी थिइन्।