हातेमालोको स्मारिका 'द भ्वाइस अफ एभरेस्ट' १८औं संस्करण विमोचन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हातेमालोको स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’ १८औं संस्करण विमोचन



भारतको राजधानी दिल्लीमा चार्टर्ड अकाउन्टेन्सि अध्ययनरत विधार्थीहरुको छाता संगठन हातेमालो नेपाली विधार्थी समूहको वार्षिक स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’ १८औं संस्करणको विमोचन लक्ष्मिनगर स्थित जे.के. साह क्लासेस को प्राङ्गणमा एक औपचारिक कार्यक्रमविच गरिएको छ ।

भारतका लागि नेपाली दूतावासका संस्कृतिक प्रमुख होमनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशिस्ट अतिथीका रुपमा आ.सि.ए.आइ का केन्द्रिय परिषद सदस्य सि.ए हंसराज चुघ, प्रखर वक्ता सि.ए आर के गुप्ता र जे.के साह क्लास का सि.ओ.ओ सि.ए आशिष साह रहेका थिए ।

कार्यक्रममा हातेमालो नेपाली विधार्थि समुह तेस्रो कार्यकालका सचिव सि.ए प्रवेश आचार्य र चौथो कार्यकालका सचिव सुधन महतको पनि उपस्थिति थियो ।

संस्थाका सदस्य समीर अधिकारीको स्वागत मन्त्वयबाट शुरुआत भएको कार्यक्रमको उद्घोषण विपल चौलागाईंले गरेका थिए ।

स्मारिका विमोचनको बारेमा बोल्दै संस्थाका सचिव आरक्षण रिजालले स्मारिका प्रकाशन हुदासम्मको आरोह आवरोह सम्झिए । स्मारिका प्रकाशनका लागि सहयोग गर्नु हुने ज्ञात – अज्ञात सबैमा धन्यवाद पनि व्यक्त गरेका उनले पुस्तकमा रहेको कमि कमजोरी औल्याइदिन निवेदन पनि गरे ।

स्मारिकामा हातेमालोका सदस्य र अन्य व्यक्तित्व द्वारा लेखिएको पेशागत, आर्थिक, साहित्यिक, खेलकुद, प्रेरणादायी र अन्य थुप्रै लेखहरु समेटेर संस्थाको अमुल्य सम्पत्तिको रुपमा प्रकाशन गरिएको हो ।

सि.ए फाइनल, ईन्टरमिडिएट र फाउन्डेसन परिक्षा उतिर्ण भएका विधार्थिहरुलाइ सम्मान पनि गरिएको उक्त कार्यक्रमा गित, कविता र गजलहरु पनि प्रस्तुत भएका थिए । साथै हातेमालोको नया सहयोगि सदस्यहरुको पनि चुनाव गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई पनि हातेमालोले सम्मान गरेको थियो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरि १२० जनाको उपस्तिथि रहेको थियो ।

स्मारिका विमोचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाउनु हुने सबैमा र कार्यक्रममा उपस्तिथि सबैलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति र संस्थाका अध्यक्ष रोशन यादवले आगामी दिनहरुमा पनि संस्थाले विधार्थीको हक हितमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।

उनले यस स्मारिका लाई इ-बुक मार्फत पनि छिट्टै प्रकाशन गरिने कुराको जानकारी दिए ।