हातेमालोले गर्यो राजेश हमालको गलत प्रचार-प्रसार,भ्रममा पार्न खोजेको बिद्यार्थीको आरोप - Himal Post Himal Post
  • १६ चैत्र २०७९, बिहीबार
  •      Thu Mar 30 2023

हातेमालोले गर्यो राजेश हमालको गलत प्रचार-प्रसार,भ्रममा पार्न खोजेको बिद्यार्थीको आरोप



नेपालका चर्चित एवंम सुपरस्टार नायक राजेश हमाललाई नचिन्ने सायदै कम होलान । हो उनै सुपरस्टार दिल्ली  आउने आगाबै गलत प्रचार गरिएको छ ।  चितवन मेडिकल कलेजको मुख्य प्रायोजन तथा ए-क्रेटिव मिडिया प्रा.लीको आयोजनामा ‘सीएमसी क्विज मेनिया’ नेपालको कान्तिपुर टेलिभिजन प्रशारित निकै नै लोकप्रिय कार्यक्रम हो। कार्यक्रमको लोकप्रियता सँगै उक्त कार्यक्रम नेपाल देखि दक्षिण एसियाका विभिन्न राष्ट्रहरुमा गर्ने हेतुका साथ अगाडी बढाइएको थियो । त्यसै गरि नेपालको छिमेकी मुलुक भारतमा पनि उक्त कार्यक्रम नोएडाको सारदा युनिभर्सिटीमा आज   हुदै छ।

खास यो हो प्रचार
खास यो हो प्रचार

मुख्य कार्यक्रम हुनु अगावै नयाँ दिल्लीमा धेरै झुट्टा प्रचार -प्रसार  गरिएको छ । नयाँ दिल्लीको लक्ष्मीनगरमा भएका  संस्थाहरु मध्य  हातेमालो नेपाली विद्यार्थी समूहले कार्यक्रमको गलत तरिकाले प्रचार गरेर विद्यार्थीहरुमा भ्रम पैदा गरिरहेको लक्ष्मीनगर स्थित विभिन्न संघ-संस्था संग आबद्ध प्रतिनिधिहरु लगायत विद्यार्थीहरु बताउछन्।

हातेमालोले यसरि गर्यो प्रचार
हातेमालोले यसरि गर्यो प्रचार
14469425_1080552852033199_1748168100_n-1
यो पनि हेर्नुस हातेमालो कै प्रचार

दिल्लीमा हुने कार्यक्रमको व्यवस्थापन शारदा विश्वविद्यालयले गरेको भएता पनि हातेमालोले स्वमं आफुले गरेको जसरी प्रचार गरेको जसको कारण विद्यार्थीहरुमा भ्रम पैदा भएको जिकिर गरेका छन्। अरुले आयोजना गरेको कार्यक्रमलाई आफुले गरेको भनेर श्रेय लिन यस्ता खालको गतिविधिले सम्पूर्ण विद्यार्थी माँझमा नराम्रो असर पर्न जान्छ। हातेमालोले सामाजिक सञ्जालमा उक्त कार्यक्रमको प्रचार आफ्नो अनुकूल गरेको छ जसको कारणले सत्य सुचानामा प्रत्यक्ष असर परिरहेको सिए नेवि संघ भारतका सभापति गिरु न्यौपाने बताउछन्। यता हेल्पिङ्ग ह्याण्डसका अध्यक्ष मदन बस्नेत पनि उक्त खालका क्रियाकलापले नेपाली विद्यार्थी समुदायमा नराम्रो असर पर्ने हुदा यस्ता खालका कार्यहरु विद्यार्थीका हक़-हितमा नहुने र सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई भ्रममा पार्ने खालको सुचनाहरु प्रकाशित नगर्नु  मै  सम्पूर्ण विद्यार्थीको भलो हुने बताउछन्।