हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई ५० हजार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई ५० हजार



कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिकाले जंगली हात्तीको आक्रमणबाट बुधबार ज्यान गुमाएका दुवैजना महिलाका परिवारलाई किरिया खर्च बापत ५० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरेको छ ।

माहाकाली नगरपालिका -२ मा रहेको मायापुरी सामुदायिक वनमा घाँस दाउरा काट्न भनी गएका ५० वर्षीया भुरी देवी बोहरा र ३८ वर्षीया बसन्ती भट्टको बुधबार बिहान जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

घटनापछि नगर कार्यपालिकाको आकस्मिक बैठक बोलाएर मृतकका परिवारलाई नगरपालिकाले किरिया खर्च स्वरुप पचास हजार दिने र अन्य घाइते सहित मृतकका परिवारलाई थप राहत तथा क्षतिपूर्तीका लागि प्रदेश तथा संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको माहाकाली नगरपालिकाका उपप्रमुख चिनी गिरी ओझाले जानकारी दिइन ।

बैठकले गरेको निर्णय अनुसार दुवै मृतकका परिवारजनलाई घरमै भेटेर राहत रकम हस्तान्तरण गरिएको समेत उनले जानकारी दिइन । जंगली हात्तीको आक्रमणमा परी घाइते भएका सोही ठाउँका ललिता बोहरा, उमा सावद, सरिता ओझा र सुुनिता बिष्टको भारतको खटिमामा उपचार भइरहेको बताइएको छ ।