भैरहवाको होटलमा भारतीय युवतीको हत्या - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भैरहवाको होटलमा भारतीय युवतीको हत्या



भैरहवा समाचारदाता, भैरहवा, कात्तिक १८ गते । भैरहवामा एक भारतीय युवतीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भैरहवाको बसर्पाकमा रहेको होटल प्रिन्समा भारतकी रेखा सिन्हाको हत्या भएको हो ।

उनको टाउकोमा हतियार प्रहार भएको पाइएको छ । भारतीय नम्बर प्लेटको सेतो स्कुटीमा एक भारतीय पुरुषसँगै नेपाल आएकी उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनापछि उनीसँग आएका पुरुष भने फरार रहेको प्रहरीले जनाएको छ । होटलको अभिलेख पुस्तिकामा मृतक युवतीको नाम रेखा सिन्हा र ठेगाना भारतको बिहार राज्यको सिवान रामपुर र पुरुषको नाम राजेश सिन्हा लेखिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।