यी शिक्षक जसले आफ्नै श्रीमती र तीन सन्तानको हत्या गरे - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

यी शिक्षक जसले आफ्नै श्रीमती र तीन सन्तानको हत्या गरे



एजेन्सी । आफ्नै श्रीमती र तीन सन्तानको हत्या अभियोगमा ३५ वर्षिय शिक्षक पक्राउ परेका छन् ।

दिल्ली दक्षिण भाग मेहराउली क्षेत्रमा शनिबार उपेन्द्र शुक्ला नाम गरेका शिक्षकले आफ्नै निवासमा परिवारका अन्य सदस्यको हत्या गरेको बताइएको छ । ति व्यक्तिका सासूले हत्या गरिएको अवस्थामा शवहरु देखिएपछि तत्कालै छिमेकी तथा प्रहरीलाई खबर गरेको बताइएको छ ।

तत्कालै घटनास्थल पुगेको प्रहरीले घाँटी काटिएको अवस्थामा शुक्लाकी श्रीमती, दुई किशोरी छोरी र एउटा छोरोको शव भेटेको थियो । शुक्लालाई प्रहरी शव रहेको कोठाबाटै पक्राउ गरेको जानकारी दिएको छ ।

हत्या गरिएका दुई छोरीमध्ये एउटा सात वर्षको र अर्को दुई महिनाको रहेको प्रहरीले जनाएको छ । त्यस्तै छोरा ५ वर्षका थिए । शुक्ला पछिल्लो समय प्राइभेट ट्युसन पढाउने गरेको बताइन्छ ।

प्रहरीको प्रारम्भिक सोधपुछको क्रममा ति व्यक्ति आर्थिक समस्याबाट कारण मानसिक चिन्तामा रहेको पत्ता लागेको बताइएको छ । प्रहरीका अनुसार ति व्यक्तिले हत्या गरेको स्वीकार्दै एक पत्र नै लेखेका थिए ।