हे विवेकहीन मनुष्य विवेकी बन ! « Himal Post | Online News Revolution
Logo

हे विवेकहीन मनुष्य विवेकी बन !



अहिले हामी आधुनिक एक्काइसौं शताब्दीको विकसित चरणमा अभ्यस्त भैराखे का छौ । हामीलाई आफ्नै घर,घरको पनि कोठा संसार  लाग्दैछ ।त्यो खालको अनुभूति महसुल गर्न पाएका छौ । हामीले पृथ्वीको जुनसुकै कुनाकन्दराको बारेमा जान्ने बुझ्ने मन लागे उतै जानू पर्छ भन्ने छैन । एक धुर्ब देखि अर्को ध्रुब सम्म को यात्रा एकै ठाउँ बाट थाल्न सकिन्छ । मतलब हाम्रा कयौँ का सपनाको सहर अमेरिका,बेलायत ,अस्ट्रेलिया क्यानडा जापान आदि आदि देशको बारे बुझ्न जान्न घर नै काफी छ ! कोठा नै काफी छ । ढुङगे युग देखि अहिले को विज्ञान र प्रविधि को युग सम्म आइपुग्दा हाम्रा पीडि हरुले,पुर्खा हरुले त्यही खाल को सिकाइ भोग्दै आए । मनुष्य यस्तो सजीव प्राणी हो जो सङ्ग बुद्धि छ,जो सङ्ग विवेक छ,जो सङ्ग मात्रै चेतना छ,जो सामाजिक प्राणी हो,समाज रुचाउछ ।जसलाई प्रत्यक्ष परोक्ष रूपमा समाज चाहिछ अर्थात् अर्को मान्छे चाहिन्छ । समाज बिना उसले बाच्ने परिकल्पना गरेको हुँदैन ।

हुन त समाज भन्दा पर पनि मान्छे हुन्छ भन्ने गरिन्छ जसलाई साधु महासन्धहरुको सङ्या दिएको छ । तर उनी हरुलाइ नि यथार्थमा समाज नै चाहिन्छ,उनी हरुको अखडा नै उनी हरुको समाज हो । हो उनी हरुलाइ आफ्नो परिवार चाहिदैन होला । नाता सम्बन्ध मा छोराछोरी श्रीमती आदि इत्यादि चाहिदैनन होला तर समाज चाहिन्छ ,चाहेको पनि छ । स्वार्थ आआफ्ना हुनु नौलो कुरा होइन,स्वार्थ त कुनै न कुनै रूपमा हामी मन्युस्य माझ हुन्छ नै,यो एउटा जिउने महत्त्वपूर्ण सिद्धान्त पनि मान्न सकिन्छ । बिना स्वार्थ बिना लक्ष्य बिना उद्देश्य बिना लोभ बिना लालच मान्छे अगाडि बढन सकिराखेको हुँदैन । मान्छे मा प्रगति तब हुन्छ जब उसमा माथिका कुरा हरू रात दुइगुना दिन चौगुना अगाडि बढुन तर सकारात्मक रूपमा ।

हामी मानवको पुर्खा एउटै हो,हाम्रो बंश एउटै हो ,हाम्रो इतिहास एउटै हो,हाम्रो उत्पत्ति एकै समय मा भएको हो । हाम्रो बिचमा न उत्पत्तिको हिसाबले न पू्र्खा को हिसाबले न भौतिक हिसाबले न कुनै अरू हिसाबले नै फरक छ । हामी एउटै थियौ र छौ पनि । हाम्रो रगत रातो छ ,काटे रातै आउँछ । हामी लाई दुख पर्दा अप्ठ्यारो महसुस हुने सुख हुँदा अलि आनन्द महसुस हुने साझा गुण नै हुन । हाम्रा अङ्ग प्रत्यङ्ग हरू एउटै छन् । सबै सबै हिसाबले फरक छैन ,एक छौ । तर अहिले हामी मन्युस्य को बिचमा किन धेरै फरक महसुस हुँदैछ? किन बिभाजन का पर्खाल हुरु आउँदै छन् ? किन एक अर्काे भन्दा फरक मान्ने कोसिस गरिदैछ? आखिर किन??

एउटा यस्तो मानव हुन्छ जसले आफ्नो घर परिवार पाल्नकै लागि आफू सङ्ग भएको सीप प्रयोग गरेर फलामको भाडा हरू बनाउछ वा फलामबाट बन्ने हतियार बनाउछ । त्यो गर्नु उसको बाद्यता मात्रै हो र? होइन कला पनि हो सीप पनि हो र विज्ञान पनि ! तर त्यही समाजको अर्को मानव जसले त्यही हतियारबाट शत्रु सङ्ग लडाइँ गर्छ, आफ्नो अनि देश को रक्षा गर्छ । अर्कोतिर एउटा पुरोहित छ जसले आफ्नो सस्कृती परम्परा लाई जोगाउन वा स्थापना गर्न केही पुरोहित सम्बन्धी काम गर्छ । अर्को छ सम्पूर्ण मानव लाई आङ ढाक्नकै लागि कपडा को बन्दोबस्त गर्छ अर्थात् कपडा सिउछ । हो यी कामहरू हाम्रो समाजमा भैरहने ,घटिरहने हुन, यिनको निरन्तरता नै हुन्छ ।

मानवीय स्वभाव ले जसलाई जुन काम राम्रो लाग्यो वा राम्रोसँग गर्न सक्यो त्यै काम छनौट गर्‍यो । तर यिनै मानव लाई काम कै आधार मा दलित छुद्र क्षेत्री ब्राह्मण आदि भनियो । भन्नू स्वाभाविक नै हो,किनकि कसैको पहिचान हुनु अनिवार्य हुन्छ । यिनै व्यक्ति हरू बाट अब परिवारको निर्माण भयो । बिस्तार बिस्तारै समाज को निर्माण भयो । अनि पछि पछि एक ठाउँ बाट अर्को ठाउँ तिर बसाइँसराइ हुँदै गए । पछि यिनीहरू को पू्र्खा एक बाट धेरै भए । आफ्नो एक खालको साम्राज्य नै बिस्तार गरे । जीवन पद्धति सुरु नै भयो । एउटा घरमा एक बुवाका ४ छोराछोरी थिए ,उनी हरू छुट्टाछुट्टै बस्न थाले पनि बुवा एउटै हो जसले जन्म दिए । बुवा ले छोराछोरी हरू माथि अलिकति पनि भेदभाव गर्दैन । हामी मन्युस्य जातिको पू्र्खा नि एउटै हो ,यो सर्बमान्री सिद्धान्तलाई सबैले स्विकार्दै अगाडि बढनु पर्छ ,अरू विकल्प छैन ।तर यथार्थ अलि फरक तितो छ ।

हातहतियारको काम गर्नेलाई दलितको नाउमा भेदभावपूर्ण व्यवहार गरिएको छ । उसलाई अर्को थरी मन्युस्य को घर मा छिर्न दिएको छैन । उसलाई हरेक व्यवहार बाट पृथक् राखिएको छ । किन कुन आधार मा? छुवाछूतको नाउमा एक मान्छेले अर्कोतिर हेर्न सकेको छैन,एकले अर्काको अस्थित्व स्वीकार गरिसकेको छैन । कसैलाई जातीय पदबी गुथाइएको छ,उ त्यसैमा रमाइलो मानिरहेको छ ।

हाम्रो आउने उत्पत्तिको ठाउँ र जाने अन्तिम ठाउँ एउटै भए पछि किन यो सबै गर्ने ? तर यथार्थ यस्तो हुनु पर्थ्यो – समाज सबैलाई चाहिन्छ,समाज बिनाको केही पनि कल्पना भन्दा बाहिर कै कुरा हुन्छ । तथाकथित यस्ता भेदभाव लाई अन्त्री गर्दै समतामूलक समाज को निर्माण मा हामीले एक्यवद्धता जाहेर गर्नु पर्दछ । मुख ले हैन मनले खुलस्त भएर एक समुदाय ले अर्को समुदायको अस्थित्व स्वीकार गर्नु पर्छ ।

ऋश राग र ईष्र्या लाई सधैका लागि मनबाट फाल्नु पर्छ । बदलिँदो परिस्थिति लाई आफू मा ल्याउन सक्नु पर्दछ । समयको बेग सङ्गै आफूलाई नि मिसाउन सक्नु पर्दछ । सत्य र यथार्थ कुरो लाई स्विकार्दै अगाडि बढनु स्वोभाबिक हुन्छ । भए गरेका विभेद बिभाजन लाई हदै सम्म अन्त गरे सुदृढ सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ तर विपरीत भए गरेमा हत्या हिंसा आतङ्क दन्द्व साम्प्रदायिक विद्रोह आदि इत्यादि हुने खतरा रहन्छ । एक्काइसौं सताब्दी,विज्ञानको युगमा आएर ढुङगे युगकै चिन्तन बिचार आचरण भयो भने अहिले त्यस्तो खालको प्रवृत्ति ले समस्याको समाधान गर्दैन । समाधान भन्दा जटिलता तर्फ उन्मुख गराउछ ।यथार्थ र सर्बस्विकार्यता लाई अङ्गगाल्दै भावी पुस्तालाई हेरेर र वास्तविक विज्ञान को सही विश्लेषण गरेर आफूलाई अभ्यस्त बनाएमा आफू ,परिवार ,समाज,देश र सिङ्गो मानव जाती नै खुसी सुखी र समृद्ध हुन्छ र उसले साचो अर्थमा आफूलाई प्रस्तुत गरेको रहेछ भन्नेमा कसैको दुइमत हुँदैन ।

पङ्तिकार – बिरेन्द्र महरा