आफ्नै भान्छामा पाइने यी मसाला खानुस र रुघाखोकी भगाउनुस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आफ्नै भान्छामा पाइने यी मसाला खानुस र रुघाखोकी भगाउनुस



मौसममा परिवर्तन आउँदा र शरीर चिसो हुँदा समस्या उत्पन्न हुन्छ । चीसो बेलामा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ ।

भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ । यी मसलाहरूको बारेमा थप जानौं । यी मसलाहरुको प्रयोगले रुघा खोकीबाट बच्न सकिन्छ ।

मरिच

खानाको स्वाद बढाउनुका साथै मरिचले अनेकौं रोग पनि भगाउँछ । जाडोमा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट बचिन्छ । महमा मिसाएर खाँदा स्मरणशक्ति तीखो हुन्छ । 

जाइफल

औषधीय गुणहरूले भरपूर जाइफलले खाना पचाउँछ, भोक नालग्ने समस्या हटाउँछ, पेटको रोग भगाउँछ र पाचक रस बढाउँछ । यसलाई घोटेर तातो पानीसँग पिउँदा छेरपटी, रुघा र खोकी निको हुन्छ । 

सुकेको अदुवा

खानासँग सुकेको अदुवा प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, छेरपटी र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ । यसबाहेक नून, दही र मही मिसाएर खाँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ ।