पहिलो पटक यौनसम्पर्क गरेपछि महिलाको शरीरमा देखिने केही परिवर्तनहरू - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

पहिलो पटक यौनसम्पर्क गरेपछि महिलाको शरीरमा देखिने केही परिवर्तनहरू



जब पहिलो पटक सेक्स हुन्छ, शरीरमा धेरै परिवर्तनहरू देखिन्छ । भर्खरै पहिलोपटक यौन सम्बन्ध राख्नु भएको छ वा यौन सम्बन्ध राख्ने योजना गर्दै हुनुहुन्छ भने, कस्ता परिवर्तनहरू शरीरमा हुन्छ भन्ने जिज्ञासा हुन सक्छ । धेरैको मनमा यी परिवर्तनहरूसँग सम्बन्धित धेरै प्रश्नहरू हुन सक्छन् । यहाँ पहिलोपटक यौनसम्पर्क गर्दा शरीरमा देखिने समस्याका बारेमा यहाँ चर्चा गरिएको छ ।

दुखाई

पहिलोपटक यौनसम्पर्क गर्दा सामान्य दुखाई हुन्छ । यसको पछाडि थुप्रै कारणहरु हुन सक्छ । जसमध्ये, योनीच्छद तन्किएको कारण दुख्न सक्छ, लुब्रिकेशनको कमीले पनि दुख्न सक्छ, योनी टाइट भएको कारण पनि दुखाई हुन सक्छ । साथै, यौनसम्पर्कको बेलामा चिन्ता लिँदा पनि पीडा हुन सक्छ । यसैगरी, यौनसँग सम्बन्धित धार्मिक विश्वासहरु दुखाईको कारण हुनसक्छ ।

पहिलोपटक सेक्स गर्दा गर्भासयमा क्रम्प्स हुन थाल्छ । अक्सिटोसिन सेक्सको समयमा जारी हुन्छ, जसले गर्भासयमा संकुचनको कारण दुखाई हुने सम्भावना हुन्छ ।

रक्तस्राव

पहिलोपटक सेक्स गर्दा यौनीबाट रक्तस्राव हुन सक्छ । तर, सबैको नआउन पनि सक्छ । यौनसम्पर्क गर्दा रगत आएको छ भने यस्को कारण हाइमेन हो । हाइमेन पातलो छाला झिल्ली हो जुन यौनसम्पर्कको बेलामा फैलन्छ र रगत बग्न थाल्छ ।

हाइमेन सजिलै तन्कन सक्दछ र सेक्स मात्र यो फुट्नुको कारण नहुन पनि सक्छ । गेमहरु खेल्दा पनि हाइमेन फुट्न सक्छ । ट्याम्पन्सको प्रयोगले पनि हाइमेनलाई फुटाउन सक्छ । साथै, रफ सेक्स गर्दा पनि रगत बग्ने सम्भावना बढी हुन्छ ।

पिसाब पोल्ने

पहिलोपटक यौनसम्पर्कपछि पिसाब गर्दा पोल्ने समस्या पनि देखिन्छ । यो सामान्य कुरा हो । योनी र मूत्रमार्ग धेरै नजिक हुन्छ । त्यसैले योनीमा दबाबको पीडा मूत्रमार्गमा पनि हुन्छ । तर, यदि यो दुखाइ दुई–तीन दिन भन्दा बढी रहन्छ भने डाक्टरसँग सल्लाह लिनुपर्छ ।

योनी चिलाउने

सुरुवाती यौनसम्पर्कले योनी चिलाउने समस्या पनि देखिन्छ । यदि यौनसम्पर्क गर्दा कन्डमको प्रयोग गरिएको छ भने त्यसको एलर्जी पनि हुन सक्छ ।

पिसाबमा इन्फेक्सन

सेक्सको क्रममा ब्याक्टेरियाहरू योनी र मूत्रमार्गमा पुग्न सक्छ । जसले पिसाबको इन्फेक्सन गराउन सक्छ । कहिलेकहीँ यसकै कारण चिलाउन र जलनको समस्या भएको पनि हुन्छ ।

निपल्स र स्तनको आकारमा वृद्धि हुनु

धेरै स्नायुहरु निपल्समा आएर जोडिएको हुन्छ । यसको कारणले गर्दा उत्तेजित हुँदा निप्पल्स परिवर्तन हुन्छ । यसले छाती टिस्यू फूल्छ र स्तन पनि ठूलो देखिन सक्छ । यो मात्र होइन, उत्तेजित हुँदा निपल्स कडा हुन्छ । यद्यपि, सेक्स पछि यो आफ्नो सामान्य आकारमा फर्कन्छ ।

एजेन्सीको सहयोगमा