सरकारले तयारी गरेको स्वास्थ्य संकटकाल के हो ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरकारले तयारी गरेको स्वास्थ्य संकटकाल के हो ?



काठमाडौं- कोरोना संक्रमितको संख्या तिब्र बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

मन्त्रालयमा बुधबार बसेको बैठकले संक्रामक रोग ऐन २०२० अन्तर्गत संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । ऐनको दफा २ मा संक्रमण रोग बढ्दै गए वा फैलिने देखिएमा नेपाल सरकारले रोकथाम गर्न आवश्यक आदेश जारी गर्नसक्ने उल्लेख छ ।

सोही प्रावधानअनुसार कोरोना संक्रमण बढ्दै गएकाले यस्तो प्रस्ताव लैजाने निर्णय गरेको मन्त्रालयले जनाएको छ । संक्रमणको दर बढ्दै गएका कारण क्वारेन्टाइन, अस्पतालको बेड, लजिस्टिक र जनशक्ति नपुग हुने भएकाले संकटकाल घोषणा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य संकटकाल घोषणा गर्नका लागि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका कोभिड–१९ का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ ।

के हुन्छ स्वास्थ्य संकटकालमा ?

उक्त मापदण्डअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक) हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ ।

लक्षण नभएका र हल्का लक्षण भएकाहरू घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि पालना गर्नुपर्ने शर्तहरू छन् ।

हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत् मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्ने लगायत छन् ।

यसरी आइसोलेनमा बसेकाहरूमध्ये लक्षण नदेखिएकाहरू १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरू १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ ।