हेलिकप्टर लिएर मतदान गर्न पुगे जनप्रतिनिधि - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हेलिकप्टर लिएर मतदान गर्न पुगे जनप्रतिनिधि



काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा मत हाल्न लुम्बिनी प्रदेशका दुई जनप्रतिनिधि हेलिकप्टर चढेर मतदानस्थल पुगेका छन् ।

पाल्पाको रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय र नवलपरासी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जुकुमारी चौधरी हेलिकप्टर चढेर दाङ पुगेका हुन् । बिरामी रहेका उनीहरूलाई लिन एउटै हेलिकप्टर पाल्पा र नवलपरासीबाट पुगेको थियो ।

राष्ट्रियसभाका रिक्त १९ सीटका लागि आज निर्वाचन भएको हो । आज बिहान ९ देखि अपरान्ह ३ बजेसम्म भएको मतदानका लागि सात प्रदेशमा मतदान केन्द्र तोकिएको थियो ।

लुम्बिनीबाट प्रदेशसभाका सबै ८१ जनाले नै मतदान गरेका छन् भने स्थानीय तहका २ सय १५ मध्ये २ सय १३ जना मतदानमा सहभागी भए । लुम्बिनीबाट राष्ट्रियसभामा तीन जना निर्वाचित हुने छन् ।