हेलिकोप्टर दुर्घटना: तीनको मृत्यु, हराएको संख्या यकिन भएन « Himal Post | Online News Revolution
Logo

हेलिकोप्टर दुर्घटना: तीनको मृत्यु, हराएको संख्या यकिन भएन



एजेन्सी- जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।

दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् ।

यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् ।

ती प्रहरी प्रवक्ताले सो दुर्घटनाको कारण अझै पत्ता नलागेको र यस विषयमा खोजी जारी रहेको बताएका छन् ।