कसलाई बोलाए त हेल्लो ! भनेर बिशालले (हेर्नुस भिडियो) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कसलाई बोलाए त हेल्लो ! भनेर बिशालले (हेर्नुस भिडियो)



समिर प्रकाश पाण्डे 

विगत केही समय उता देखि सङ्गीतमा लागेका अनि सङ्गीतलाई निकै नै माया गर्ने व्यक्ति हुन् विशाल गौतम । चितवन स्थायी घर भएका गौतम नेपाली गीत सङ्गीतका लागि राम्रो प्रतिभा भएका स्रष्टा अनि सर्जक हुन् ।

“गाजलु आखाले” भने गीत मार्फत चर्चित बनेका गौतम एक कुशल गायक हुन । गायक सँगै उनी आफैमा गीतकार तथा सङ्गीतकार नि हुन् । यिनै गायक सङ्गीतकार गीतकार गौतमको नयाँ गीत “मैले हेल्लो भनेर बोलाए” बजारमा सार्वजनिक भएको छ । यही गीत मार्फत पनि पछिल्लो समय निकै नै चर्चामामा आइरहेका छन् । यसै गरी यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा स्वर/शब्द/सङ्गीत विशाल गौतमकै रहेको छ । गीतको एरेन्ज मोहित मुनालले गरेका छन् ।

यसै गरी यो गीत मैले हेल्लो भनेर बोलाएको म्युजिक भिडियोमा हरि हुमागाई छायांकन निशान घिमिरेको सम्पादन रहेको छ । निराजन प्रधान र स्वस्तिमा खड्काको जीवन अभिनय रहेको भिडियो लाई विशाल भण्डारीले निर्देशन गरेका छन् । भिडियोमा दुई प्रेमी प्रेमिका बिचको अपार मायालाई प्रेम लाई देखाऊ खोजिएको छ ।