हेमन्त शर्मा र विष्णु माझीको स्वरमा 'बनमारा' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

हेमन्त शर्मा र विष्णु माझीको स्वरमा ‘बनमारा’



लोक दोहोरी गीत ‘बनमारा’ बजारमा आएको छ । गायक हेमन्त शर्मा र विष्णु माझीको स्वरमा बजारमा आएको बनमारा अलिक फरक किसिमको लोक दोहोरी गीत जस्तो देखिन्छ । गायक हेमन्त शर्माले लोक स्वादका गीतहरू गाउँदै आइरहेको भए पनि टिपिकल किसिमको दोहोरी गीत दोहोरी गायिकासँगै युगल स्वरमा रेकर्ड गराएको भने यो पहिलो पटक हो ।

सार्थक डिजिटल प्रालिको प्रस्तुति रहेको बनमारा गीतमा शब्द सङ्गीत र वाद्यवादन संयोजन यम थापाको रहेको छ भने उक्त गीतको भिडियोमा नायक पुष्प खड्का र मरिस्का पोखरेलले अभिनय गरेका छन् । यस्तै शिव विकले कलात्मक रूपमा कोरियोग्राफी गरेको भिडियो नवराज कार्कीले खिचेका हुन् ।