हेमजामा ३ महिने व्यवहारिक ज्योतिष प्रशिक्षण तालिम हुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हेमजामा ३ महिने व्यवहारिक ज्योतिष प्रशिक्षण तालिम हुने



विजय पौडेल /पोखरा, ३१  चैत्र ।

अन्तर्राष्ट्रिय ज्योतिष कार्यालय पोखरा लेखनाथ महानगरपालिका–२५ हेम्जाको आयोजनामा ३ महिने व्यवहारिक ज्योतिष प्रशिक्षण तालिम हुने भएको छ ।

उक्त तालिममा अन्तर्राष्ट्रिय ज्योतिष कार्यालय हेम्जाका संयोजक ज्योतिष पण्डित पुण्य प्रसाद पौडेल, ज्योतिष हिरामणि पौडेल, ज्योतिषी रामदेबि ढुङगाना र पण्डित राम सिग्देल लगाएतले प्रशिक्षण दिनुहुनेछ ।

३ महिने व्यवहारिक ज्योतिष प्रशिक्षण तालिम निः शुल्क प्रदान गरिने तालिम संयोजक पौडेलले जानकारी दिनुभयो । तालिम हेम्जा र पोखराको नयाँबजारमा गरी दुई ठाँउबाट प्रदान गरिने भएको छ । बिहानीको समयमा हेम्जामा र दिउँसोको समयमा पोखराको नयाँबजारमा तालिम दिइने छ ।

जेठ १ देखि भदौ १ गतेसम्म सञ्चालन हुने तालिममा पञ्चाङ्गपात्रो, चिनाटिपन लेखन र फलादेश (भविष्यवाणी) सम्बन्धी आवाश्यक ज्ञान सिकाईने संयोजक पौडेलले बताउनुभयो ।