'हिरो अफ युक्रेन' भादाटुर्स्की रुसी सेनाकाे आक्रमणमा श्रीमतीसहित मारिए - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

‘हिरो अफ युक्रेन’ भादाटुर्स्की रुसी सेनाकाे आक्रमणमा श्रीमतीसहित मारिए



एजेन्सी- युक्रेनको दक्षिणी शहर माइकोलाइभमा एक जना धनाड्य व्यापारी रुसी सेनाको बमबारीमा मारिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भादाटुर्स्कीको निधनबाट ठूलो क्षति भएको बताएका छन् ।

घटनामा उनकी श्रीमतीले पनि ज्यान गुमाएकी छन् । रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको हो ।

उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार भएको थियो । अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भादाटुर्स्कीले ‘हिरो अफ युक्रेन’ उपाधि समेत पाएका थिए ।

मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त शहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन् ।