हरेक रोगको जड उच्च रक्तचाप ! कसरी जोगिने ? (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हरेक रोगको जड उच्च रक्तचाप ! कसरी जोगिने ? (भिडियो सहित)



कथित आधुनिक जीवनशैलीसँगै उच्च रक्तचापका बिरामी पनि दिनप्रतिदिन बढिरहेका छन् । अस्वस्थ खानपान विलासी जीवनशैली नै उच्च रक्तचाप हुने प्रमुख कारण हो ।

उच्च रक्तचापका बिरामी बढ्नु धेरै रोग निम्तँदै छ भन्ने संकेत पनि हो । के हो उच्च रक्तचाप ? यसले कस्ता रोग लाग्न सहयोग गर्छ ? मुटुरोग विशेषज्ञ डा.शैलेन्द्र कुशवाहासँग गरिएको कुराकानी … उच्च रक्तचाप भनेको के हो ? मुटुबाट रक्तसञ्चार भएको बेला रक्तनलीको भित्तामा पर्ने दबाबलाई नै  रक्तचाप भनिन्छ । यसरी रक्तनलीको भित्तामा पर्ने दबाबको आधारमा माथिको रक्तचाप र तलको रक्त चाप भनेर छुट्याइन्छ । माथिको रक्त चापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिन्छ ।

सामान्यतया एक स्वस्थ व्यक्तिमा रक्तचाप १२०÷८० हुनुपर्छ  ।  माथिको १२० देखि १३९ र तलको ८० देखि ९० सम्मको रक्तचापलाई प्रि हाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचाप हुने संकेत हो । यो  भन्दा बढी रक्तचाप हुनुलाई नै उच्चरक्तचाप भनिन्छ । उच्च रक्तचाप हुने प्रमुख कारण के हो ? उच्च रक्तचाप हुने कारण धेरै छन् । जसमध्ये…     बढी तौल ।

विलासी जीवनशैली ।

अस्वस्थ खानपान ।

धुम्रपान,मध्यपानको सेवन ।

प्रदुषित वातावरण ।

तनाव     वंशाणुगत गुण ।

उच्च रक्तचापका लक्षणहरु के के हुन ?  

टाउको दुख्नु ।

रिंगटा लाग्नु ।

जिउ भारी हुनु ।

वाक्वाकी लाग्नु ।

खाना मन नलाग्नु ।

उच्च रक्तचाप हुनबाट बच्न के गर्ने ?

उच्च रक्तचाप हुन नदिनु नै सबैभन्दा उत्तम कुरा हो । एकपटक उच्च रक्तचाप भएपछि सधैभरी औषधि सेवान गर्नुपर्छ । जीवनशैलीमा सुधार गरे औषधिको मात्रा घटाउन या कालान्तरमा बन्द गर्नपनि सकिन्छ । वंशानुगत समस्या नै भएमा भने औषधि जीवनघर खानुपर्नेपनि हुनसक्छ । यसमाथि उच्च रक्तचाप धेरै रोगको जड पनि हो । उच्च रक्तचाप हुन नदिन यसो गर्ने …     तौल नियन्त्रणमा राख्ने ।     धुम्रपान, मद्यपान नगर्ने ।     बढी मसलादार, नुनिलो खानेकुरा नखाने ।     नियमित व्यायाम गर्ने ।     सक्रिय जीवनशैली अप्नाउने ।      हरियो सागपात तथा सिजन अनुसारका फलफूल खाने ।

सन्तुलित आहार सेवन गर्ने । उच्च रक्तचाप भएका व्यक्तिलाई कस्ता रोगको जोखिम बढी हुन्छ ?     मिर्गौला      आँखा     मश्तिष्क     पक्षघात     मुटु उच्च रक्तचापकै कारण हृदयघात,स्ट्रोक लगायतका रोग निम्तिने खतरा बढ्दछ । यो उमेर बढेसँगै धेरैलाई देखापर्ने भएकाले बेलैमा होसियारी अपनाउनु हितकर हुन्छ ।

हाम्रो डाक्टरबाट