अफ्रिकाबाट थापा एनआरएनएको एक्लो उम्मेदवार - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अफ्रिकाबाट थापा एनआरएनएको एक्लो उम्मेदवार



काठमाडौं- गैरआवासीय नेपाली सङ्घको आसन्न अन्तर्राष्ट्रिय समितिको निर्वाचनमा वर्तमान कोषाध्यक्ष हिक्मत थापाले उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।

सन २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरी संस्थापक अध्यक्ष बनेका थापा, सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष , सन २०११- २०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५-२०१९ दुई कार्यकाल अन्तर्राष्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दैछन ।

नेपालीहरू भर्खरै पुग्न थालेको र सानो सङ्ख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको थियो । नेपालको कूटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौँ नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भूमिका खेल्दै गरेका छन् ।

अफ्रिकामा कम सङ्ख्यामा एनआरएन सदस्यहरू रहे पनि भूकम्प र अन्य दैवी प्रकोपमा उल्लेख रूपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुट्ने गरेको छ । विगत दुई कार्यकाल कोषाध्यक्ष रहँदा पहिलो कार्यकाल मुलत एनआरएन भवन र भूकम्प राहतको कोष सङ्कलन, नाकाबन्दीको राहत र बाढी , हुरी पीडित राहत सङ्कलनको व्यवस्थापन गरेका थापाको दोस्रो कार्यकाल मुलत लाप्राक बस्ती , भवन र शन्खमुल गार्डेन निर्माणमा केन्द्रित रहे ।

एनआरएनएलाई संसार भरी रहेका सबै पेसा ,व्यवसाय र भूगोलमा रहेका प्रवासी नेपालीहरूको साझा र अपनत्व हुने संस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनु हुन्छ । उपाध्यक्षमा निर्वाचित भए पछि संस्थालाई आर्थिक रूपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने, विशेषतः खाडी, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरूको भलाइ र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्वाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउँछन् ।
हिक्मत थापा राम्रो लेखक पनि हुन् |