नतिजा आउने बेलामा नेबिसंघले मतपत्र च्यातेपछि कैलाली बहुमुखी क्याम्पसको मतगणना स्थगित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नतिजा आउने बेलामा नेबिसंघले मतपत्र च्यातेपछि कैलाली बहुमुखी क्याम्पसको मतगणना स्थगित



धनगढी, १० जेठ

नेबिसंघले मतपत्र च्यातेपछि ७ नम्बर प्रदेशकै सबभैन्दा ठूलो कैलाली बहुमुखी क्याम्पस धनगढीको स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ । मतगणना भैरहदा नेबिसंघका केही बिद्यार्थीहरु मतगणना स्थलमा पुगी मतपत्र च्यातेपछिको तनावका कारण कैलाली बहुमुखी क्याम्पसको मतगणना स्थगित भएको हो ।

१६ सय मत गनिएपछि मतपत्र च्यातिएकाले आक्रोशित अनेरास्ववियुका बिद्यार्थीहरुले चुनाव हार्ने निश्चित भएपछि नेविसंघले मतपत्र च्यातेको भन्दै सग्ला मतपत्र गनेर परिणाम घोषणा हुनुपर्ने माग राखेका छन् भने नेविसंघले भने पुनः मतदानको माग गरेको छ ।

मतपत्र च्यातेको आरोपमा प्रहरीले नेविसंघका विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका सभापतिका प्रत्यासी गुरुदेव के।सी, नेविसंघका क्षेत्र नम्बर ६ का अध्यक्ष गजेन्द्र विक्रस सिंह, नेविसंघ कै जिल्ला अध्यक्ष भेष बहादुर बम, दिलिप केसी, तिलक बटाला र दिपेन्द्र सिंह रहेका छन् ।

कुल १ हजार ९ सय ३६ मत खसेकोमा अहिलेसम्म गणना भएको १ हजार ५ सय ७५ मतमा अनेरास्ववियुका चुडामणी भट्टले ६ सय ३६ मतका साथ अग्रता लिएका छन् । नेविसंघका गुरुदेव केसी (सुमन) ले ४ सय ६२ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्यामराज जोशीले बताए ।

करिब २ सय मत गन्न बाँकी रहदा अनेरास्ववियुले २ सयकै अग्रता लिएकाले अब बाँकी मत गणना गरेर चुनाव परिणाम घोषणा हुनुपर्ने महरले बताए । निर्वाचनमा १ हजार ९ सय ३६ मत खसेको निर्वाचन अधिकृत जोशीले बताए ।