जापानका राजाको जन्मोत्सवमा हिमानी अतिथि - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जापानका राजाको जन्मोत्सवमा हिमानी अतिथि



हिमाल पोष्ट / १८ मंसिर, काठमाडौं । जापानी दूतावासले जापानी राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समहारोह आयोजना गर्यो ।

ताहाचलस्थित राजदूत निवासमा ओजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह विशिष्ट अतिथिका रुपमा सहभागी थिइन् । उनी सञ्चालक रहेको हिमानी ट्रष्टले भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालन गरेका केही कार्यक्रममा जापाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपालमा गत वर्ष संविधान जारी गरेको उल्ले गर्दै आगमी दिनमा नेपालले शान्ति र राजनीतिक स्थायित्व हासिल गर्ने अपेक्षा रहेको बताएका आजको अन्नपूर्णमा समाचार छ । ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेका थिए ।  त्यस्तै सभामुख ओनसरी घर्ती, मन्त्रीहरु , सरकारी अधिकारी, सभासद् विभिन्न दलका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।