हिन्दू धर्ममा सूर्यलाई जल किन चढाइन्छ ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हिन्दू धर्ममा सूर्यलाई जल किन चढाइन्छ ?



हिन्दू धर्ममा वेद, पुराण र ग्रन्थहरूको महत्त्व बताइएको छ । यी ग्रन्थहरूले हामीलाई सही मार्गप्रदर्शन गर्छन् । यी शास्त्रहरूमा दिनदिनै बिहानीपख सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ ।

सूर्य सबै ग्रहका स्वामी हुनुहुन्छ र सूर्यलाई नियमित जल चढाउँदा उहाँ प्रसन्न हुनुहुन्छ र उहाँको कृपा पाइँदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ । यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा शरीर रोगहरूबाट मुक्त हुन्छ ।

शास्त्रको अनुसरण गरेर सूर्यलाई जल चढाउनु उचित छ अनि यसको वैज्ञानिक कारण पनि छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सूर्य एक तारा हो । यो आगोको एक गोला हो । सूर्यको प्रकाश धर्तीमा परेपछि दिनको शुरुवात हुन्छ ।

मनुष्य लगायत सबै जीवजन्तु र रुखबिरुवालाई जीवित रहनका लागि सूर्य आवश्यक हुन्छ । ऊर्जाको महत्त्वपूर्ण स्रोत हो यो । सूर्यको ऊर्जा नहुने हो भने बोटबिरुवाले भोजन नै पाउँदैनन् ।

बिहानै उठेर ताजा हावा खाँदै उदाइरहेको सूर्यको किरण शरीरमा पार्दा हाम्रो छाला चम्किन्छ र अनुहार तेजिलो हुन्छ ।यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा पानीको धाराको बीचमा सूर्यको किरण पर्दा जुन रंग निस्कन्छ त्यसले शरीरलाई धेरै लाभ दिन्छ ।

सूर्यको किरण शरीरमा पर्दा अनेकौं हानिकारक तत्त्व नष्ट गरिदिन्छ र नकारात्मक ऊर्जालाई भगाउँछ । त्यसैले बिहानै उठेर सूर्यलाई जल चढाउँदा शरीरका लागि लाभकारी हुन्छ अनि ज्योतिषको दृष्टिबाट पनि सूर्यको कृपा प्राप्त हुन्छ । यसले जीवनलाई सुख र शान्ति दिन्छ ।

लोकान्तर न्युजबाट साभार