हिंसा पिडित महिलाहरुका लागि फास्टफुड तालिम सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हिंसा पिडित महिलाहरुका लागि फास्टफुड तालिम सम्पन्न



बिशाल पाण्डेय
सुखड , कैलाली । कैलालीको घोडाघोडि नगरपालिका- १ सुखडमा घरेलु हिंसा पिडित महिलाहरुका लागि ९ दिने  फास्टफुड तालिम  बिहिवार सम्पन्न भएको छ ।

एक्सन फर डेभलपमेन्टले आयोजना गरेको महिला आर्थीक सशक्तीकरण  कार्यक्रम अन्तरगत हिंसा पिडित महिलाहरुको आत्मनिर्भरताका लागि तालिमको आयोजना गरिएको हो ।

तालिममा हिंसा पिडित महिलाहरुले चाउमिन ,समोसा म: म लगाएतका अन्य खाजाका परिकारहरु बनाउन सिकेका थिए । विभिन्न परिकार हरु बनाउन सिक्न पाउँदा आफुहरु खुशी भएको तालिममा सहभागी महिलाहरुले बताए ।

“पहिला आफुसङ्ग केही पनि सीप नभएर  बेरोजगार भएर बस्न पर्ने बाध्यता थियो र यहि बेरोजगारको कारणले आफुलाइ श्रीमानले छाडेर अर्कै सङ्ग  बिहे गरेको घोडाघोडि नगरपालिका वडा नं  १२ कोटाकि
अनिता चन्दले बताउनु भयो ।” महिला हिन्सा गर्नुहुदैन भनेर भाषण दिनेहरुले नै आफैले हिंसा गरिरहेका हुन्छ्न ” ।  मेरो श्रीमान पत्रकार हो  ,हिंसा सम्बन्धी धेरै समाचार लेखेर पढेका थिए  तिनले नै बहुबिबाह गरे चन्दले बताउनु भयो । ” बिहे गरेको ७ बर्स भयो, प्रेम बिबाह गरे गहभरी आँसु बनाउदै उहाले भन्नू भो  एक्लै छु माइत जाउ भने अहिले सम्म माइतिले स्विकार्नु भएको  छैन्न ,म पनि आफ्नो खुट्टामा उभिएको भए अहिले यस्तो हुने थिएन । मेरो श्रीमान सङ्ग बिबाह गर्ने उनी पनि महिला हुन  महिलाले  नै महिला माथी हिंसा गर्न आइन । ३ छोरी छ्न अबको तिनिहरुको जिविकोपार्जनका  लागि मेहेनत गर्नेछु ,तालिम लिइ विभिन्न परिकारहरु बनाउन सिके  अब यसलाइ सदुपयोग गरि आफै सानो भएपनी ब्यापार सुरु गर्छु । ”

यस्तै घोडाघोडि नगरपालिका १२ कि रिना चौधरीले पनि  यो तालिम लिन पाए एक्दमै खुसी लागेको बताउनु भयो । चौधरीले  श्रीमानले अर्कि लगेर गए , एउटा छोरा छ त्यस्को भबिस्यको लागि भए पनि आफुले सिकेको नास्ताका परिकारहरु नजिकैको स्कुलमा नास्ताको ठेलागाढा राखि आत्मनिर्भर बन्ने बताउनु भयो “। साथै अर्कि बहुबिबाह पिडित तालिममा सहभागी वडा नं ४ कि जानकी आचार्यले “२१ बर्सकी भए छोरा ७ बर्षको छ । मेरा श्रीमान शिक्षक हुन १४ बर्षको उमेरमा प्रेम बिबाह गरे अहिले आएर श्रीमानले बहुबिबाह गरे , छोरालाइ पनि सङ्गै  लगेका छ्न माइत बसेकी छु आट गरेपछि गर्न नसक्ने काम केहि छैन  तालिम लिन पाए अब आत्मनिर्भर  हुन सहज हुने बताउनु भयो ।”

त्यस्तै तालिममा सहभागी देवकी आचार्यको पनि त्यस्तै समस्या छ । उनका २ छोरा छन  उनका श्रीमानले पनि बहुबिबाह गरेका छ्न ।” आफ्नो त जिन्दगी बिग्रियो छोराछोरिको भबिस्यका लागि यो तालिमले आत्मनिर्भर बन्न मद्धत पुर्‍याएको आचार्यले बताउनु भयो”  । तालिममा सहभागि निर्मली देबि चौधरि , गुलाबी देबि चौधरी पनि बहुबिबाह पिडित हुन । उहाहरुले पनि महिलाको पीडा महिलाले नै नबुझ्ने गुनासो गर्नु भएको थियो ।

घरेलु हिंसामा परेका महिलाहरुलाई आत्मनिर्भर , रोजगारी तथा हिंसा न्यूनीकरणको लागि यो तालिमको आयोजना गरिएको एक्सन फर डेभलपमेन्टका डिस्टृक कोर्डिनेटर राम प्रसाद पोख्रेलले जानकारी दिनुभयो । ” यस अघि पनि मार्बल , टायल फिटिङ्ग , बाख्रा पालन तालिम लगाएतका अन्य  तालिमहरु दिइको पोख्रेलले बताउनु भयो ।

प्रदेश नं  ७ का  कैलाली ,कञ्चनपुर , बझाङ गरि ५ ओटा जिल्लामा हिंसा  पिडित महिलाहरुलाइ आत्मनिर्भर  बनाउने उद्देश्यले कार्यक्रमहरु गरिरहेको कार्यक्रम ब्यवस्थापक पुस्प जोशिले बताउनु भएको  छ । सुखडमा फास्टफुड तालिमको प्रशिक्षण गणेश पाण्डेय दिनुभएको थियो ।