नारी दिवसमा होप एजुकेशन फाउन्डेशनको उपहार- प्रशिक्षण र सेनेटरी प्याड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नारी दिवसमा होप एजुकेशन फाउन्डेशनको उपहार- प्रशिक्षण र सेनेटरी प्याड



बुटवल- ११३औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिनाबारी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जापानबाट संचालित होप इन्टरनेशनल स्कूलको सामाजिक उत्तरदायित्त्व अन्तर्गत रहेको होप एजुकेशन फाउन्डेशनले बुटवल १८ मोतिपुरमा अवस्थित श्री भवानी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत ६० भन्दा बढी छात्राहरूलाई जनस्वास्थ्यकर्मी नविना उपाध्यायद्वारा महिनाबारीमा हुनसक्ने समस्या सम्बन्धि विविध विषयमा प्रशिक्षण दिएकी थिइन् भने विजय सेनले सहजीकरण गरेका थिए ।

विद्यालयको सभाहलमा संचालन भएको उक्त कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी सदस्य आयुषा कंडेल र युवा उद्यम कार्यक्रमका सह-संयोजक विशाल खनालले युवा अवस्था र यसको महत्वका विषयमा जानकारी दिएका थिए ।

सो कार्यक्रममा जापानमा शिक्षा क्षेत्रमा काम गर्दै आएकी होप एजुकेशन फाउन्डेशनकी संस्थापक सृजना पाण्डे ज्ञवालीको सहयोगमा सबै छात्राहरूलाई सेनेटरी प्याड समेत वितरण गरिएको थियो । होप एजुकेशन फाउन्डेशनले दुर्गम तथा पिछडिएका विभिन्न क्षेत्रका विद्यार्थीहरूका लागि छात्रवृत्ति संचालन गर्दै आएको छ ।

एनआरएनए जापानकी पूर्व कार्यकारी सदस्य समेत हरेकी पाण्डेले आगामी दिनमा पनि नेपाल शिक्षाको क्षेत्रमा आफ्नो योगदान रहने बताइन् ।

विद्यालयका शिक्षिकासहित गरिव सय भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा होप एजुकेशन फाउन्डेशनका निर्देशक स्मार्ट सिटी विज्ञ विज्ञान घिमिरेले नारी र प्रविधिको विषयमा प्रशिक्षण दिएका थिए ।