मेकअप गर्नुहुन्छ ? होस गर्नुहोस् ! मेकअपले कुरूप बनाउँछ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मेकअप गर्नुहुन्छ ? होस गर्नुहोस् ! मेकअपले कुरूप बनाउँछ



 

सुन्दर देखिने इच्छा कसको हुदैन  र ? तर, सुन्दर देखिनको लागि हामीले गरिने कृतिम मेकअपले हाम्रो अनुहारलाई कति धेरै हानि गर्छा भन्ने बारे यहाँ चर्चा गर्दैछौँ ।

मेकअप, अहिले अनियवार्य जस्तै भएको छ । घर बाहिर निस्कनुअघि मेकअप गर्नैपर्ने । फेसवासले अनुहार धुनुपर्ने, क्रिम लगाउनुपर्ने, लिपस्टिक लगाउनै पर्ने । आफ्नो प्रकृतिक रूपमाथि थरीथरीको व्युटी प्रोडक्टले लिपपोत गरिन्छ ।
अहिले बजारमा अनेकथरीका सौन्दर्य प्रसाधन उपलब्ध छन् । विभिन्न ब्रान्डका यी प्रसाधनको प्रयोजन अनेक छन् । कुनै अनुहारलाई चम्किलो बनाउन त कुनै चाहुरिपना छोप्न । कुनै ओंठलाई रसिलो बनाउन त, कुनै चिम्सा आँखालाई ठुलो बनाउन ।

मेकअपको हानी

प्राकृतिक ढङ्गबाट आफूलाई सुन्दर बनाउन मिहेनत गर्नुपर्छ । समय पनि लाग्छ । साथै आत्मा अनुशासन पालना गर्नुपर्छ । त्यही कारण हामी छिटो, छरितो र सजिलो बाटो रोज्छौ । अनुहारको चाहुरिपन हटाउन मसाज गर्ने, पर्याप्त तरल पदार्थ पिउने भन्दा पनि त्यसलाई क्रिमले छोप्ने गरिन्छ । अनुहार चम्काउनका लागि व्यायाम गर्ने, पेट सफा राख्ने, रगत सफा गर्ने नभई क्रिम दल्ने गरिन्छ । यसले क्षणिक सुन्दरता दिएपनि दीर्घकालीन रूपमा प्राकृतिक सौन्दर्य नष्ट गर्छ ।

त्यसबाहेक अरू थुपै हानी गर्छ, मेकअपले ।

१. प्राकृतिक सौन्दर्य नष्ट गर्छ

लामो समयसम्म सौन्दर्य प्रसाधन प्रयोग गर्दा त्यसको हानिकारक रसायनको प्रभाव पर्छ । यसले छालाको प्राकृतिक सौन्दर्य नष्ट गर्छ । प्राकृतिक नरमपन, चमक नष्ट गर्छ ।

२. छालाको समस्या

फेयरनेस क्रिम, सन क्रिम जस्ता केमिकलमा आधारित ब्युटी प्रोडक्टले छालाको रोग निम्त्याउँछ । छालाको एजर्ली हुने, रुखो हुने, चिलाउने, घाउ हुने जस्ता समस्या देखापर्छ । किनभने हामीले प्रयोग गर्ने यी सौन्दर्य प्रसाधनमध्ये कति त एकदमै कमसल र हानिकारक पनि हुन्छ ।

३. चक्कर लाग्ने

लामो समयसम्म व्युटी प्रोडक्ट प्रयोग गर्दा टाउको दुख्ने समस्या हुन्छ । साथै धेरै मेकअप गर्नेहरुलाई चक्कर लाग्ने, चाडै थकाई लाग्ने समस्या देखिन्छ ।

४. जिर्ण र रुखो बनाउँछ

थरीथरीका मेकअप गर्दा त्यसको प्रत्यक्ष असर छालामा पर्छ । रसायनयुक्त त्यस्ता व्युटी प्रोडक्टको प्रयोगले छाला रुखो हुन्छ । जिर्ण हुन्छ । र, चाडै बुढो देखिन थाल्छ ।

५. केसको समस्या

अहिले विभिन्न थरीका हेयर प्रोडक्ट पनि बजारमा उपलब्ध छ । हेयरस्टाइलका लागि स्याम्पु, कन्डिसनर, रङ्ग प्रयोग गरिन्छ । यस किसिमको प्रसाधन धेरै र जथाभावी प्रयोग गर्दा त्यसले केसलाई नोक्सान गर्छ ।

६. आँखामा समस्या

सौन्दर्य प्रसाधनको प्रयोगले आँखाको संक्रमण हुनसक्छ । आँखा चिलाउने, पोल्ने समस्या देखिन्छ ।

कसरी पाउने प्राकृतिक सौन्दर्य ?

वास्तवमा अधिकांश सौन्दर्य प्रसाधनमा रसायन हुन्छ, जसले क्षणिक रूपमा अनुहार राम्रो देखाएपनि दीर्घकालीन असर गर्छ । त्यसैले लिपपोत गरेर अनुहार राम्रो देखाउनुभन्दा पनि प्राकृतिक रूपले त्यसलाई मुलायम, चम्किलो र स्वस्थ्य बनाउनु राम्रो हो ।
यसका निम्ति स्वस्थ्य दिनचर्या पालना गनुपर्छ । निश्चित समय सुत्ने, ताजा फलफुल सेवन गर्ने, पर्याप्त पानी पिउने, सरसफाईमा ध्यान दिने, व्यायाम गर्ने, ध्यान गर्ने जस्ता विधिले अनुहारमा प्राकृतिक चमक आउँछ ।