जब अस्पतालमा दुई दिनमा दुई शिशु साटियो ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

जब अस्पतालमा दुई दिनमा दुई शिशु साटियो !



काठमाडौं-

२५ कात्तिकमा सर्लाहीको बलरा नगरपालिका ११ का राममनोजप्रसदा कुशलवाहाले नारायणी उपक्षेत्रीय असप्ताल शिशु जन्माईन । नर्सले छोरा जन्मिउको खबर सुनाए राममनाजले मिठाई किनेर आफन्त र नर्सहरुलाई बाँडे ।

तर, मिठाई बाँकेको केही क्षण बित्न नपाउँदै नर्सले जन्मिएको शिशु छोरा नभई छोरी भएको जानकारी दिएपछि उनको खुसी पलभरमै गायब भयो ।
पत्नी र शिशुलाई प्रसुती वार्डबाट निकालेर बेडमा ल्याएपछि नर्सले छोरी जन्मिएको बताए ।

मेरो त होसहवास नै उड्यो, उनले भने, बच्चा साटियो भन्ने मेरो कुरा कसेले पनि सुनेन् । अघिल्लो दिन शिशु साटिएको चर्चा सेलाउन नपाउँदै २६ कात्तिकमा सोही अस्पतालमा वीरगन्ज १ बजार छपकैया निवासी अनिल पासवानकी पत्नी उषादेवी बराको जितपुरस्थित माईतीघरबाट नारायणी अस्पतालमा पुर्याउने क्रममा घण्टाघर चोकबाट ई रिक्सामै शिशुलाई जन्म दिईन ।

उषाकी आमा जयगनिया देवीले पनि छोरा जन्मिए पनि नर्सले छोरी जन्मेको भनेपछि हंगामा मच्याईन् ।
यो स्पतालमा दुई दिनमा दुई शिशु साटिएको भन्दै आफन्तले खैलाबैला मच्चयाए । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।