डाक्टर नआएपछी बिरामीले गरे अस्पताल तोडफोड - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डाक्टर नआएपछी बिरामीले गरे अस्पताल तोडफोड



राजविराज । डाक्टर नआएको भन्दै बिरामी र आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

अस्पतालका चिकित्सक अबेर सम्म पनि डियुटीमा नआएको भन्दै विरामीका आफन्त र केही विद्यार्थीले सोमबार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड गरेका हुन् ।

विद्यार्थीको निरन्तर प्रदर्शनको कारण दिउसो २ बजे देखि अस्पताल परिषरमा तनाव छ । अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउसो २ बजे सम्म नआउँदा आक्रोसित बनेका स्वास्थ्य जाँच गराउन आएका विरामीका आफन्त तथा केही विद्यार्थीहरु मिलेर नाराबाजी गर्दै तोडफोड सुरु गरेका थिए ।

तोडफोडबाट डा. झा र डा. यादव विरामी जाँच्न बस्ने कोठाको झयाल, ढोका, कुर्सी र टेबुल लगायतका सरसामानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको छ ।

प्रदर्शन र तोडफोडमा उत्रेकाहरुले अबेर सम्म डा. झा र यादव अनुपस्थित रहँदा टाढा टाढाबाट जचाउँन आएका विरामीहरुलाई समस्या भएको र अस्पताल प्रशासनले पनि वेवास्था गरेको गुनासो गरे्का छन् ।

अस्पताल प्रशासनले भने डा. झा विदामा रहेको र अर्का डा. यादव सो समयमा ईमेरजेन्सिमा एक विरामीको उपचारमा संलग्न रहेको प्रष्ट पारेका छन् । स्थिति तनाबग्रस्त बन्दै गएपछि अहिले अस्पताल परिषरमा व्यापकमा सुरक्षाकर्मी परिचालन गरी स्थिति साम्य पार्ने प्रयास भईरहेको छ ।