आफ्नो जन्मदिनमा ऋतिकले दिए फ्यानहरूलाई सरप्राइज - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आफ्नो जन्मदिनमा ऋतिकले दिए फ्यानहरूलाई सरप्राइज



काठमाडौं- बलिउड अभिनेता ऋतिक रोशनले आज ४८औँ जन्मदिन मनाए । जन्मदिनको अवसरमा ऋतिकलाई देश विदेशका शुभचिन्तकले बधाई तथा शुभकामना सन्देशका साथै शुभेच्छा प्रकट गरिरहेका छन् ।

ऋतिकले जन्मदिनको अवसरमा आफ्ना शुभचिन्तकहरूलाई रिटर्न गिफ्टको रूपमा फिल्म ‘विक्रम वेधा’ को पहिलो लुक पोस्टर दिएका छन्, जसमा उनी फरक देखिएका छन् ।

ठूलो दाह्री र जुँगामा देखिएका उनले कालो चश्मा लगाएका छन् । कालो कुर्तामा ऋतिक रोशनको ग्याङस्टार लुक बाहिर आएको छ ।

ऋतिक रोशनको ‘विक्रम वेधा’ लुकलाई फ्यानहरूले मन पराएका छन् । उनीहरूले ऋतिकको पोस्टरमा हास्यास्पद कमेन्ट गरेका छन् र फिल्मका लागि बधाई दिएका छन् । ऋतिक रोशनका एक फ्यानले कमेन्टमा लेखेका छन्, ‘तपाईंले त आगो लगाइदिनुभयो । क्या कमालको लुक्स हो ऋतिक सर ।’