गायक प्रकाश कटुवालले चर्चामा रहेकी मोडल रिया श्रेष्ठको “जवानीको तिर्खा” मेटाउदै (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गायक प्रकाश कटुवालले चर्चामा रहेकी मोडल रिया श्रेष्ठको “जवानीको तिर्खा” मेटाउदै (भिडियो सहित)



हिमाल पोस्ट /असार ५

नेपाली साङ्गीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक प्रकाश कटुवालले यस पटक भने तीज गीतमा व्यस्त देखिएका छन् । “जवानीको तिर्खा “बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा सुमधुर आवाजका धनी गायक प्रकाश कटुवाल र स्‍मृति गौतमको आवाज रहेको छ भने लय /शब्द गायक कटुवालको नै छ ।

यसै गरी उक्त गीतमा रीया श्रेष्ठ र गायक कटुवालले अभिनय गरेका छन् ।

राजेश घिमिरेको छायाङ्कन रहेको गीतको सम्पादन नवीन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई शङ्कर बि .सी .ले निर्देशन गरेका हुन ।

गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् । चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध,साढे गोरु ,ढाडे बिरालो लगायतका गीतहरू निकै चर्चाको शिखरमा छन् ।

विगतका गीत झैँ यो गीतलाई पनि दर्शक श्रोताले मन पराउनेमा आफू विश्वस्त भएको गायक कटुवालले बताए ।