हुलाकी राजमार्ग निर्माण कार्य द्रुत गतिमा निर्माण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हुलाकी राजमार्ग निर्माण कार्य द्रुत गतिमा निर्माण



हिमाल पोष्ट / काठमाडौँ, ६ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो –तराई–मधेस र मुलुककै आर्थिक गतिविधि बढाउन सो राजमार्गको निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउनुपर्ने आवश्यकता छ ।

मन्त्री लेखकले तराई मधेसका २० जिल्लामध्ये १५ जिल्लाका उत्तर–दक्षिण जोड्ने करिब सत सय एक किमीको २४ मार्गको निर्माण कार्यका लागि बोलपत्र प्रक्रिया सुरु भएकाले अबको दुई महिनाभित्रै यसको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताउनुभयो ।

हुलाकी राजमार्ग अन्तर्गत बन्ने २४ मार्गमध्ये १० वटा मार्ग भारत सरकारको अनुदानमा र बाँकी १४ वटा मार्ग नेपालको आन्तरिक स्रोतले नै निर्माण गर्ने बताउँदै उहाँले दुई बर्षमा निर्माण सम्पन्न हुने सो आयोजना करिब रू १८ अर्बको लागतमा निर्माण हुने र ती मध्ये भारतले रु। आठ अर्ब अनुदान उपलब्ध गराउने जानकारी दिनुभयो ।

मन्त्री लेखकले पूर्व–पश्चिम हुलाकी राजमार्गको पनि विस्तृत आयोजना प्रतिवेदन ९डिपीआर० अन्तिम चरणमा पुगेको जानकारी दिँदै करिब एक हजार २०० किमीको राजमार्गको डिपिआर अन्तिम चरणमा पुगेकोले अब छिट्टै दोस्रो चरणको कार्य पनि सुरु हुने बताउनुभयो ।

नेपाल दुई ठूला विशाल छिमेकीका बीचमा भएकाले दुवै देशसँग सडक सञ्जालले जोड्ने सडक विस्तारमा विशेष ध्यान दिनुपर्नेमा उल्लेख गर्दै उहाँले काठमाडौँ–तराई मधेस द्रुत मार्ग ९फास्ट ट्र्याक०को निर्माणमा देखिएको अस्पष्टता र अन्यौलता हटेको दावी पनि गर्नुभयो ।

मन्त्री लेखकले अब काठमाडौँ–तराई मधेस द्रुत मार्ग नेपाल सरकारले नै निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको जानकारी दिँदै यसलाई सार्वजनिक सडक सरह नै रहने व्यवस्था पनि गरिएको बताउनुभयो ।

सो फास्ट ट्र्याक निर्माणबारे डिपिआर आफै गर्ने वा के कसरी गर्ने भन्नेबारेमा पनि अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको नेतृत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय भएको बताउँदै उहाँले उत्तरी सीमा नाका पनि चाँडो भन्दा चाँडो खोल्नेबारे तयारी भईरहेको पनि उल्लेख गर्नुभयो । रासस