हुने भो तिनाउ पुलको मर्मत,बिहीवार देखि : पश्चिम जाने सवारी मात्र चल्न पाउने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हुने भो तिनाउ पुलको मर्मत,बिहीवार देखि : पश्चिम जाने सवारी मात्र चल्न पाउने



हिमाल पोष्ट / बुटवल, १३ पुस । पूर्व पश्चिम राजमार्ग अन्तरगत तिनाउ नदीमा बनाइएकोे पक्की पुल जीर्ण भइ सवारी आवत जावतमा नै समस्या आउने देखिएपछि यसको मर्मतको काम बिहीवार देखि काम थालिने भएको छ ।

15801025_1138839102896537_2142811006_n

डिभिजन सडक कार्यालय बुटवलले मर्मतको जिम्मेवारी पाएपछि आवश्यक प्रक्रिया अगाडी बढाएर भोलि देखि मर्मतको काम थाल्ने भएको हो ।

पुल मर्मतको काम अगाडी बढाउने भएपछि भोलि देखि पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल स्थित तिनाउ नदी पुलबाट एकतर्फी सवारी चलाइने भएको छ । बिहीवार विहान ११ बजेदेखि मर्मत थालिने सडक कार्यालयका  निमित्त डिभिजन प्रमुख बिष्णु बहादुर रायमाझीले बताए ।

15749940_1138840179563096_2088120919_n

उनका अनुसार मर्मतको काम थालिने भएपछि बुटवल देखि पश्चिम जाने सबै सवारी साधनहरु तिनाउ पूलबाट एक तर्फी जाने र  बुटवल पश्चिम देखि बुटवल आउने गाडीहरु बेलवास झोलुङ्गे पूल देखि नहरपुर हुँदै देवीनगर मिलनचोक एक तर्फी जाने व्यवस्था गरिएको छ । तोकिएको रुट अनुसार सवारी चलाई सहयोग गरि दिनु हुन सडक कार्यालयले  सबैमा अनुरोध समेत गरेको छ ।

पूर्व पश्चिम राजमार्गको अति महत्वपूर्ण पुल अत्यन्तै जीण बनेपछि यसको विकल्पका लागि दवाव बढेको अवस्थामा तत्कालका लागि मर्मत गर्न लागिएको हो । वर्षाको समयमा पुलमा ठाउ ठाउमा खाल्टा परेपछि पुलमा विच्छाइएका छडहरु समेत वाहिर निस्केको र यातायातका साधनको चापले  जाम हुने तथा पुल हल्लिन थालेपछि तत्काल मर्मतका लागि दवाव बढेको थियो ।

यस पुलको विकल्प तत्काल नरहेको र दैनिक हजारौं सवारी साधन गुड्ने पुल मर्मत गनुको विकल्प नभएपछि मर्मतको काम अगाडी बढाउन लागिएको हो । पुल मर्मतको जिम्वेवार लिएको कार्यालय नेपालगञ्जमा रहदा विगतमा काम नभएपछि चौतर्फी दवाव पछि हाल सो जिम्मेवारी बुटवल स्थीत डिभिजन सडक कार्यालयलाई आएको हो ।