देशभरका विमानस्थल ठप्प: तराईका सडकमा गाडी चलाउन पनि समस्या - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

देशभरका विमानस्थल ठप्प: तराईका सडकमा गाडी चलाउन पनि समस्या



काठमाण्डाै – त्रिभुवन विमानस्थलमा उडान र अवतरण आज पनि ठप्प बनेको छ । भिजिविलिटी कम भएकोले उडान अवतरण भएका छैनन् ।

बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाण्डौसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पहाडी क्षेत्रमा लागेको कुहिराे बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबिच देशका धेरै ठाउँमा बिहीबार र शुक्रबारदेखि वर्षा र हिमपात गराइरहेको मौसमको प्रणाली कमजोर हुँदै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बर्षा र हिमपात गराउने प्रणाली कमजोर हुँदै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने महाशाखाले बताएको छ । तर शनिबार बेलुकीपख काठमाण्डौसहित मध्य र पश्चिमका थोरै ठाउँमा एकैछिन हल्का पानी पर्ने संभावना भने रहेको बताइएको छ ।

गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।