ह्वात्तै घट्यो पेट्रोल र डिजेलको मूल्य - Himal Post Himal Post
  • २६ श्रावण २०७९, बिहीबार
  •      Thu Aug 11 2022

ह्वात्तै घट्यो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबन्धन पार्टीले सरकारलाई मूल्य घटाउन निर्देशन दिएसँगै निगमले राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो ।

आज बिहान बसेको सत्ता गठबन्धन दलले सरकारलाई मूल्य घटाउन निर्देशन दिएको थियो । उक्त निर्देशनसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्दै पेट्रोल प्रतिलिटर २० र डिजेल प्रतिलिटर २९ रुपैयाँले घटाउने जानकारी दिएका थिए ।

उद्योगमन्त्री बडूको उक्त घोषणासँगै निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको जानकारी दिएको हो । यससँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।