बराबरीमा रोकियो टोटनह्याम, ह्यारी केनले गोल गरे - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बराबरीमा रोकियो टोटनह्याम, ह्यारी केनले गोल गरे



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलेमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा टोटनह्याम ब्राइटनसँग १–१ को बराबरी रोकिएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका हुन् । सुरुवाति अग्रता भने माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले लिएको थियो । ४८ औँ मिनेटमा टोटनह्यामका लागि ह्यारी केनले गोल गरे ।

केनको लिगमा २६ औँ गोल हो । तर त्यसको दुई मिनेटपछि ब्राइटनले पेनाल्टी पायो र त्यसमा पास्काल ग्रोसले गोल गरे र खेलमा १–१ को बराबरी बनाए ।

टोटनह्याम आउँदो शनिबार एफए कप फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको सेमिफाइनलको तयारीमा छ । यो खेलमा टोटनह्यामलाई सन् २००८ देखिको उपाधि खडेरी तोड्ने माध्यम बन्न सक्छ ।

बराबरीपछि चौथो स्थानको टोटनह्यामको लिगका चार खेल बाँकी हुँदा ६८ अंक भएको छ ।