ह्याकरको निशानामा याहुः एक अर्ब महत्वपूर्ण जानकारी चोरी - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

ह्याकरको निशानामा याहुः एक अर्ब महत्वपूर्ण जानकारी चोरी



हिमाल पोष्ट / ३० मंसिर, काठमाडौं ।

याहुका एक अर्ब प्रयोगकर्ताका महत्वपूर्ण जानकारी चोरी भएको छ । याहुको इमेल एकाउन्डबाट ह्याकरले महत्वपूर्ण जानकारी चोरी गरेको याहुले जनाएको छ । सन् २०१३ यता ह्याकरले आफ्ना एक अर्ब भन्दा धेरै प्रयोगकर्ताको इमेलबाट महत्वपूर्ण जानकारी चोरी गरेको याहुले जनाएको हो । ह्याकरले प्रयोगकर्ताको नाम, फोन नम्बर, पासवर्ड र इमले ठेगाना चोरी गरेका हुन् । तर बैंक तथा भुक्तानि डाडा भने चोरी नभएको याहुले जनाएको छ ।

सन् २०१४ मा मात्रै ५० करोड एकाउन्ट ह्याकरको सिकार बनेको याहुको भनाई छ । ह्याकरबाट आफ्ना जानकारी सुरक्षित राख्नका लागि प्रयोगकर्ताले आफ्नो पासवर्ड तथा सेक्युरेटी परिवर्तन गर्नुपर्ने याहुले बताएको छ ।