आईसीयूमा सारियो मन्त्री खनाललाई - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आईसीयूमा सारियो मन्त्री खनाललाई



काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई नर्मल वार्डबाट आईसीयूमा सारिएको छ ।

स्वास्थ्यमा डेंगुको संक्रमण देखिएपछि ग्राण्डि अस्पतालको नर्मल वार्डमा भर्ना भएका मन्त्री खनाललाई थप उपचारका लागि आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ ।

गत शुक्रबार हेटौंडाबाट फर्किएका खनाललाई ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।

निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।

शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टि भएपछि उनलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचार शुरु गरिएको हो ।