आईजीपीको खेलमा तस्कर सक्रियः बालुवाटार र गृह रिजाउन रकम उठाउन थाले - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आईजीपीको खेलमा तस्कर सक्रियः बालुवाटार र गृह रिजाउन रकम उठाउन थाले



काठमाडौं : प्रहरी महानिरीक्षक आईजीपी शैलेस थापाक्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण आउँदो १९ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन्। उनको बिदाईसँगै सरकारले वैशाख १८ गते रातिसम्म प्रहरी महानिरीक्षक नियुक्ति गर्नेछ।

प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था गरेको छ।

हाल प्रहरी महानिरीक्षकका दाबेदारमा एआईजी विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविद्र धानुक रहेका छन्। उनीहरूमा एआईजी पोखरेल २०७७ मंसिरमा, थापा त्यसको करिव ८ महिनापछि २०७८ असारमा, सिंह र धानुक त्यसको १७ महिनापछि २०७८ चैत्रमा बढुवा भएका थिए।

आईजीपीका दाबेदार ४ जना एआईजीहरूबाट जेष्ठताको आधारमा सरकारले आईजीपी नियुक्ति गर्ने छ। तर आईजीपीका दाबेदार मध्ये एक महिना अघि एआईजीमा बढुवा भएका सिहं र धानुक बिरुद्ध अदालतमा मुद्धा बिचाराधीन छ।
आफूभन्दा कनिष्ठ र निलम्बनमा परेका धानुक र सिहंलाई नियम र जेष्ठता मिचेर एआईजीमा बढुवा गरेको भन्दै उनीहरुको बढुवाको बिरुद्ध हालको प्रहरी महानीरिक्षकका ब्याजी घनश्याम अर्याल, प्रकासजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वोच्वमा मुद्धा दायर गरेका हुन्। उनीहरुको एआईजीमा भएको बढुवा बिरुद्ध हाल अदालतमा मुद्धा बिचाराधीन भएपनि आईजीपीको दाबेदारका रुपमा गरिएको छ।

स्थानीय निर्वाचनको मुखैमा प्रहरी महानिरीक्षक परिर्वतन हुने भएका कारण यसलाई झनै अर्थपुर्ण रूपमा हेरिएको छ।
आईजीपी नियुक्तिमा आफु निकटका एआईजीलाई आईजीपी बनाउन ठेकेदार दिपक भट्ट, दिपक मलोहत्रा, शंकर अग्र्रवाल, पर्साका ब्यापारी अनिल रुगंटा तथा केही मिडिया उद्योमी समेतले ब्यापक चलखेल थालेका छन्।

अर्कोतर्फ तस्करहरूले पनि चलखेल थालेका छन्। आफू निकटकालाई आईजीपी बनाउने भन्दै तस्कर तथा विवास्पद ब्यापारीले बालुवाटार र गृहमन्त्रीलाई बुझाउने भन्दै रकम उठाउन थालेका छन्। जसका कारण गृह र बालुवाटारको बदनाम भएको छ।
स्रोतकाअनुसार आफ्नो पक्षमा काम गर्नेलाई आईजीपी बनाउने भन्दै केही विवादित व्यापारी,ठेकेदार, देखि न्यूरोड क्षेत्रमा हुण्डीको कारोबारी सुनील अग्रवाल तथा मधेश प्रदेशमा रहेका तस्कर र प्रहरी समेतले ब्यापक रकम संकलन गर्न थालेका छन्।
अग्रवालले आफ्नो मान्छेलाई आईजीपी बनाउने भन्दै न्यूरोड क्षेत्रका व्यापारी, हुण्डी कारोबारी र सुन तस्करबाट रकम उठाइ एआईजीहरुलाई लगानी गरेको स्रोतले जनाएको छ।

‘हामीले अहिले लगानी गरेर हाम्रो मान्छे ल्याएमा पछि काम गर्न सहज हुन्छ भन्दै न्युरोड क्षेत्रको रकम उठाउने जिम्मा अग्रवालले लिएका छन्,’ स्रोतले भन्यो। यसोत अग्रवाल अहिले न्यूरोड क्षेत्रका खुङखार हुण्डी कारोबारी हुन्। स्रोतकाअनुसार केही प्रहरी अधिकारीसँगै मिलेर उनले हुण्डीको कारोबार गर्दै आएका छन्।

राजधानी मात्रै होइन राजधानी बाहिरका तस्करले पनि प्रहरी महानिरीक्षक नियुक्तिमा लगानी गर्नुपर्ने भन्दै रकम उठाउन थालेका छन्। प्रहरी स्रोतकाअनुसार पर्साका हुण्डी कारोबारी नबिन्त अग्र्रवालले विरगञ्जक्षेत्रका व्यापारी तथा सीमाक्षेत्रका तस्करसँग रकम उठाउन थालेका छन्। उनले विरगञ्जक्षेत्रका विवादीत व्यापारी तथा सीमाक्षेत्रका तस्करीसँग मोटो रकम उठाएर आईजीपी बढुवामा लगानी गरेको स्रोतको दाबी छ।

बहालवाला प्रहरी नै अशुलीमा ?

प्रहरी महानिरिक्षक सरकारले नियुक्ति गर्ने हो। तर पछिल्लो समयमा व्यापारी तस्कर मात्र होइन बहालवाला प्रहरी नै प्रहरी महानिरीक्षक नियुक्तिमा रकम चाहिने भन्दै असुलीमा लागेका छन्।

मधेश प्रदेशका प्रत्येक जिल्लाबाट तोकेरै रकम उठाएको स्रोतले जनाएको छ। मधेश प्रदेशका सिमा तस्करबाट १० देखि ३० लाखसम्मका दरले रकम उठाइएको छ। स्रोतकाअनुसार विरगजंनै घर भएका मधेश प्रदेश भित्रै रहेर रकम अशुली गर्दै आएका सई सागर राणा, असई श्यामसुन्दर शाह र प्रहरी हवल्दार राजमंगल सिहंले मधेश प्रदेशका विभिन्न व्यापारीबाट रकम उठाएका छन्।

उनीहरूले रकम उठाएको गुनासो प्रहरी मुख्यालय सम्म पुगेको छ। बालुवाटार र गृहलाई रिझाएर आफूनिकटका एआईजीलाई आइजीपी बनाएपछि भोलीका दिनहरूमा काम गर्न सहज हुने भन्दै बहालवाला प्रहरी नै अशुली धन्दामा लाग्नु गलत भएको भन्दै चौर्तफी विरोध हुन थालेको छ। प्रहरी महाननिरिक्षक नियुक्तीमा यस्तो चलखेलले संगठनको साख गिर्ने भन्दै संगठनका सदस्यहरु चिन्तीत बनेका छन्।

अर्कोतर्फ निर्वाचनका मुखमा आईजीपी नियुक्तिमा सरकार बिवादमा नपर्ने गरी निर्णय गर्न गठबन्धन भित्रै आवाज उठ्न थालेको छ। प्रधानमन्त्री स्वयम पनि आईजी नियुक्तीमा बिवाद नहुने गरी जेष्ठताकै आधारमा बढुवा गर्ने पक्षमा रहेको बालुवाटार स्रोतले जनाएको छ।

प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा चलखेल हुनु राम्रो नभएको भन्दै पद हासिल गर्नकै लागी आईजीपीको प्रतिस्पर्धाहरू फोहोरी खेलमा लाग्न नहुने पूर्व प्रहरी महानिरीक्षकहरूको भनाई छ। प्रहरी महानिरिक्षक जस्तो संवेदनशिल पदमा चलखेलको आधारमा नियुक्ती गरिएमा यसले भोलीका दिनमा अवैध कृयापलाप तथा तस्करी बढ्ने,संगठनको चेनअफ कमाण्ड भत्कने, संगठनका सदस्यको ब्यवसायीकता मर्ने र उनीहरु स्वयमनै अवैध आयाआर्जनमा लाग्ने खतरा बढ्ने सम्भावना रहने एक पुर्व बरिष्ठ प्रहरी अधिकारीले बताए।

प्रहरी संगठनको काम र जिम्मेवारीको प्रक्रिृतीलाई हेरेर यसका सरुवा बढुवा जस्ता कुराहरु अनुमान योग्य र र्निविवाद बनाउन नसकेमा यसले संगठन भित्र धेरै विकृतीहरु भित्रायाउने गर्दछ। त्यसमा पनि प्रहरी महाननिरिक्षक जस्तो पदमा जेष्ठता र इमान्दारीतालाई ध्यानमा नराखी नियुक्ति गर्नेहो भने त्यसबाट संगठन भित्र ठुलो असुतुष्टिमात्र हैन संगठनका सदस्यहरुमा असुरक्षा र गैर ब्यवासायीकता दुबै बढ्ने कुरामा शखां गर्न सकिन्न। एक सुरक्षा विज्ञले भने।