सोमबारदेखि सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सोमबारदेखि सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य



 

काठमाडौँ , भदौ ४ ।

नेपालमै पहिलो पटक प्रयोगमा ल्याउन लागेको इम्बोस्ड नम्बर सिस्टम भोलि सोमबारबाट लागु हुने भएको छ ।

सवारीसाधनलाई निजी, सरकारी, कूटनीतिक नियोग र सार्वजनिक गरी ४ वर्गमा विभाजन गरी नम्बरप्लेट प्रदान गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।

सम्पूर्ण तयारी सकिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यसको औपचारिक सुरुवात भोलिबाट गरिने बताइएको छ ।

सवारीधनी वा संस्थाले आवेदन दिएको एक हप्ताभित्र इम्बोस्ड नम्बरप्लेट प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

इम्बोस्ड नम्बरप्लेट बारे जानकारी :-

विकसित मुलुकहरूमा प्रयोगमा आइसकेको अत्याधुनिक प्रविधिको नम्बरप्लेट नै इम्बोस्ड नम्बरप्लेट हो । यसले सवारीसाधनलाई व्यवस्थित गर्न सजिलो हुन्छ ।

फलामको पातामा अङ्क र अक्षर राखिएको यो नम्बरप्लेट हाल सवारीसाधनमा प्रचलित नम्बर प्लेटभन्दा फरक र अक्षरहरु उचाइमा रहन्छ ।

इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन सर्किट’ रहनेछ, जसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा सञ्चालित छ भन्ने पत्ता लगाउँछ ।

इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनपछि सवारी व्यवस्थापनका लागि मुख्यगरी ३ फाइदा पुग्नेछन् । सवारीसाधनको चोरी नियन्त्रण हुने र एक पटक लगाइएको इम्बोस्ड नम्बर १० वर्षसम्म रहन्छ । कर छलेर सञ्चालन भइरहेका सवारी नियन्त्रण गर्न पनि यसबाट सहज हुने बताइएको छ ।

इम्बोस्ड नम्बरप्लेट कार्यान्वयन भएसँगै नेपाली सवारीसाधन पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका हुनेछन् । “इम्बोस्ड नम्बर कार्यान्यनमा आएसँगै संसारभर नै सवारीसाधनको नम्बरमा एकरुपता आउनेछ,” ।

हाल नेपालमा नौ प्रकारका सवारीसाधन रहेकोमा इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा आएसँगै सवारीसाधनको प्रकार सरकारी, निजी, कूटनीतिक नियोग र सार्वजनिक गरी चार किसिममा सीमित हुनेछन् ।