इमराले गरे कश्मीरको भ्रमण ,भारत विरुद्ध अब के गर्छन ? - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

इमराले गरे कश्मीरको भ्रमण ,भारत विरुद्ध अब के गर्छन ?



मुजफराबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मीरको भ्रमण गरेका छन् । यससँगै प्रधानमन्त्री खानले नयाँ नीति घोषणा गर्ने सम्भावना छ ।

भारत सरकारले भारतप्रशासित जम्मु कश्मीरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनावको स्थिति छ । पाकिस्तानले भारतको यस कदमविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदसमक्ष अनुरोध गरिसकेको छ ।

पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ । दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा ठप्प छ । विज्ञका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन । पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए ।

अगस्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए । एजेन्सी