इमरान खानले भने, भारत र पाकिस्तान मिलेर अगाडी बढौं - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

इमरान खानले भने, भारत र पाकिस्तान मिलेर अगाडी बढौं



एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दक्षिण एसियाली समृद्धि कश्मीर द्वन्द्व समाधानसँग सम्बन्धित भएको बताएका छन् ।

यसका लागि पाकिस्तान र भारत शान्तिको सहअस्तित्व हुनुपर्नेमा उनले जोड दिएका थिए । जर्मनी र फ्रान्सले ७२ वर्षे सीमा विवाद समाधान गरे झैँ पाकिस्तान र भारतले समाधान गर्नसक्ने औंल्याएका थिए ।

कर्तारपुर बोर्डर उद्घाटनको क्रममा खानले यस्तो बताएका हुन् । भारतीय सीमाबाट झण्डै ४ किलोमिटर पर पर्ने कर्तारपुर भारतीय शिख समुदायका लागि पनि खुलाइएको छ । गुरु नानकको ५५औं जन्मदिनको अवसरमा पाकिस्तानले कर्तारपुर करिडोर खुलाएको हो ।

खानले भनेका छन्, ‘दुर्भाग्यवश कश्मीर अब क्षेत्रीय मुद्दाभन्दा बाहिर गइसक्यो । यो मानवीयताको मुद्दा हो । क्षेत्रीय विवाद हैन अब यो । र म यसमा दुखी छु ।’ उनले भारतीय पक्षलाई लक्षित गर्दै सोधेका छन्, ‘यदी फ्रान्स र जर्मनी सँगै रहेका छन् भने हामी किन सक्दैनौँ ?’