भारतमा भयानक आँधी: १६ को मृत्यु, कैयौँ बेपत्ता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतमा भयानक आँधी: १६ को मृत्यु, कैयौँ बेपत्ता



भारतमा भयानक आँधीपछि जनजीवन प्रभावित भएको छ । भारत प्रशासित जम्मु–कश्मीरमा भयानक आँधीसँगै भएको वर्षाका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण अन्य ४५ जना भन्दा धेरै घाइते भएका छन् । घटनामा ४० जना भन्दा धेरै बेपत्ता भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार साँझदेखि चलेको आँधी र वर्षापछि त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । अहिले पनि उद्धारको काम भइरहेको छ । बेपत्ताहरूको खोजीका लागि तालिमप्राप्त उद्धारकर्मीहरूको टोली खटाइएको छ ।

घाइतेहरुलाई अस्पताल पुर्‍याउन सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । त्यहाँ फसेका मानिसहरूलाई पनि हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।

घटनाप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीले दु:ख व्यक्त गरेका छन् ।