भारत र अमेरिकी चलखेल तीब्र, चुनाव रोक्न देउवालाई दवाब - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारत र अमेरिकी चलखेल तीब्र, चुनाव रोक्न देउवालाई दवाब



काठमाडौं-

नेपालको राजनीतिले फरक मोड लिए पछी शक्ति राष्ट्रहरुले नेपाललाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरेका छन् ।  पछिल्लो समय राजनीतिलाई लिएर विश्वका शक्तिशाली तीन राष्ट्र चीन, भारत र अमेरिकाले आफ्नो सक्रियता तीब्र पनि पारेका छन ।

गएको असोज १७ गते एमाले र माओवादीबीच आगामी मंसिरमा हुने निर्वाचनमा चुनाबी तालमेल गर्ने र त्यस लगत्तै पार्टी एकता गर्ने घोषणा गरेपछि भारत र अमेरिका त्यसको विरोधमा देखिएका हुन । उनीहरु अहिलेकै अवस्थामा निर्वाचन भए वामपन्थी हावी हुने भन्दै चुनाब हुन नदिने उपाय खोज्न सक्रिय भएका हुन ।

भने उत्तरी छिमेकी चीन कुनै पनि बाहनामा चुनाब नहुने होकी भनी सशंकित छ । चीन भने जसरी पनि तोकिएको मितिमा चुनाब हुनुपर्नेमा देखिएको छ । वाम गठबन्धनको बाहानामा अमेरिका र भारतले चुनाब विथाल्न सक्नेमा चीन चिन्तित छ । र आफ्नो सक्यिता बढाएको छ । बामगठबन्धन चिनियाँ निकट रहेको भन्दै अमेरिका र भारत असन्तुष्ट देखिएका छन् ।

गएको असोज २१ गते प्रधानमन्त्री देउवासँग चिनियाँ राजदूत यु हङ्गले भेट गरेकी थिइन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटघाटमा दुई देशबीच कुटनीतिक सम्बन्ध र वर्तमान राजनीतिक विषयमा कुराकानी भएको बताइएको थियो । त्यसैदिन राजदूतले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेसँग पनि भेट गरेकी थिइन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले आसन्न निर्वाचन प्रभावित हुन्छ कि भन्ने चिनियाँ चासो देखिएको छ भने भारत र अमेरिका चुनाव सार्ने लविङमा लागेका छन् ।

निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेश गर्ने समय असोज २९ को लागि तोकिएको छ । त्यसकारण अवका दुई दिन शक्ति केन्द्रहरुमा चलखेल थप बढ्ने सम्भावना छ जानकारहरु बताउछन ।

यदि राजनीति अहिलेकै अवस्थाबाट अगाडि बढेमा आगामी निर्वाचन भाँडिने सम्भावना बढेर गएको छ । अमेरिक र भारत दुवैले नेपालका दुई ठूला बाम पार्टीबीच तालमेल गरेकाले यहि अवस्थामा चुनाब भए बहुमत ल्याउने भएकाले जसरी पनि चुनाब भाड्न सक्रिय छन । एमाले र माओवादीबीचका ताममेलबाट यी दुबै देश असन्तुष्ट छ ।

भारत र अमेरिकाको नेपालस्थित नियोगले प्रधानमन्त्री शेरबहादुर देउवामाथि चुनाव सार्न दवाव दिईरहेको उच्च स्रोतले बताएको छ । प्रधानमन्त्री देउवाले आफू निकटका नेताहरुसँग यसबारेमा विफ्रिङ गरेको बताइएको छ ।

गएको आइतबार भारतीय राजदूत पुरीले माओवादी अध्यक्ष प्रचण्डसँगलाई भेटर एमाले र माओवादी बीच भएको गठबन्धनप्रति असन्तुष्टि जनाएको बताइएको छ ।

सरकारका मन्त्रीहरुको पछिल्लो अभिव्यक्तिले पनि प्रधानमन्त्रीले चुनाब सार्ने माहोल बनाउन खोजेको जस्तो दखिएको छ । केही दिन अगाडि मात्र प्रधानमन्त्री देउवाका विश्वास पात्र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेखि भण्डारीलाई भेटेर चुनाब सार्ने प्रस्ताब गरेका थिए । भने मंगलबार मै उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए । भेन बुधबार कानुन मन्त्री यज्ञबहादुर थापाले चुनाब सर्ने संकेत गरेका थिए ।

केही समय अघि मात्रै सञ्चामाध्यममा प्रधानमन्त्री देउवालाई उधृत गर्दै समाचारहरु आएका थिए माओवादीका मन्त्री बर्खास्त गर्ने त्यसपछि उनीहरु आन्दोलन गर्छन अनि त्यही बाहानामा चुनाब सार्ने । मन्त्री कार्कीले मंसिर १० को पहिलो चरणको चुनाव सारेर एकैपटक मंसिर २१ मा गर्ने सरकारी प्रस्ताव राष्ट्रपति भण्डारीलाई सुनाएका थिए ।

राष्ट्रपति भण्डारीले भने यसमा सवै राजनीतिक दलको सहमति चाहिने बताएपछि सरकारको अनौपचारिक प्रस्तावले मूर्त रुप लिन सकेन । यद्यपी शक्ति राष्ट्रका काठमाडौंस्थित दूतहरु भने अझै पनि चुनाव सार्न प्रधानमन्त्री देउवामाथि दवाव बनाइरहेका छन् ।

काँग्रेस निकट स्रोतका अनुसार भारतीय र अमेरिकी राजदूतले विभिन्न च्यानल मार्फत अहिलेको अबस्थामा चुनाव गरे त्यो लोकतन्त्र र काँग्रेसको भविष्यको लागि सुखद नहुँने भन्दै चुनाव सार्न सुझाव दिएका हुन् ।

भेटमा कतिपयले प्रधानमन्त्रीलाई असंवैधानिक कदम चालेर भएपनि चुनाव सार्ने वातवरण बनाउन सुझाव दिएको काँग्रेस निकट उच्चस्रोतले बताएको छ ।